कोरना कहर कोभिड–१९ र फेरिएको जीवन शैली

-- आवरण जुलाइ अंक २०२०, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, असार २०, २०७७

विश्व नयाँ वर्ष २०२० को खुसियाली मनाउने तरखर गर्दै गर्दा डिसेम्बर २०१९ को अन्तिम दिनतिर विश्व स्वस्थ्य संगठनले नयाँ भाइरस देखिएको पुष्टि गर्यो । केहि हप्ता मै यसको प्रकोपलाई कोभिड–१९ नामकरण गरिएको यो भाइरसको प्रकोपले विश्व मानव सभ्यतालाई नै खैलाबैला मच्चाइदियो । यसले न विकसित देश भन्यो न अविकसित वा अल्पविकसित नै, यो गोलाद्धको एउटा कुनाबाट अर्को कुना पुग्यो, रंग, वर्ण, धर्म वा सम्प्रदाय कोहि यसका अपबाद रहेनन् । सम्पूर्ण मानब सभ्यतामाथि खनिएको यो त्रासदीले सबैलाई मानवीयताको तुलोमा तौलियो । मृत्यु अन्तिम सत्य हो, बाँच्दासम्म सबैको हित सोच्नु, समुदाय र देशका लागि केहि गर्नु मानब जस्तो चेतनशिल प्राणीको धर्म हो भन्ने सन्देश पनि दियो यो विपदले ।
चीनको बुहान राज्यबाट सुरु भएको कोरनाको प्रभाब एसियन देशहरूमा नदेखिदै यसले युरोपियन देशहरू मा ठुलो मानवीय क्षति पुर्यायो, त्यस पछि युरोपसंग जोडिएको बेलायत, अलिक परको उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिका हुँदै दक्षिण गोलाद्धको मुन्तिर रहेको अष्ट्रेलिया र न्युजिल्याण्डसम्म यसले महामारीको रुप लियो । यति हुदाँसम्म पनि चीन संगै जोडिएको नेपाल र भारतमा भने यसको प्रभाब ढिलो गरि देखियो । यसबीच चीनले बरु जन–जीवन सामान्य बनाउँदै लग्यो तर कोभिड –१९ का कारण ठूलो मानवीय क्षति भने हालसम्म हेर्दा यसको उद्गम देश चीनभन्दा कयौ गुणाले इटाली सहित युरोपका धेरै देशहरू त्यस पछाडि अमेरिका र बेलायतमा रह्यो । यसो भन्दै गर्दा लगभग विश्वका २१५ देशमा यसको असर देखियो । बितेका ६ महिना पछि पनि अझै यो शिथिल भएको हो भन्न सक्ने अवस्था छैन त्यस माथि केहि कन्ट्रोल भएका देशमा पनि बिज्ञहरू ले दोश्रो लहर आउन सक्ने भन्दै उत्तिकै सतर्कता अपनाउन सुझाएका देखिन्छन् ।

महामारीको त्रासदी
हुन त विश्व इतिहासमा यसभन्दा अगाडि पनि धेरै पटक मानवजनले महामारीका प्रकोपको सामना गरेकै हो । जस्तो स्पेनी फ्लु, इन्फुल्जा, इटालियन फ्लु, प्लेग आदि आदि । तर आधुनिक प्रबिधि र चिकित्सा क्षेत्रमा आएको यति ठूलो क्रान्ति पछि पनि रोग व्याधिका कारण विश्व यो हालतमा पुग्ला भनेर कमैले सोचेका हुन् तर भयो । यति बेला सम्पूर्ण बिज्ञान प्रबिधि, चिकित्सा क्षेत्र सबै हारेको छ र हामी फेरी उही प्रकृति तिर फर्केका छौं, जस्तो कि घरबाट ननिस्कने, सामाजिक दुरी कायम गर्ने आदि ।

प्रबासमा बसेर यी शब्दहरू लेख्दै या पढ्दै गर्दा पक्कै पनि विश्वभर फैलिएको यो महामारी संगै हामीले पहिला त आफू बसेको देश सम्झियौं, कसरि सुरक्षित रहने भन्ने कुरामा केन्द्रित रहयौं त्यस पछाडि हाम्रो ध्यान हाम्रो जन्मभूमि तिर पुग्यो । उताका आफ्नाहरू के गरे हुन् ? सुरक्षित छन् छैनन् भन्ने कुरा हाम्रो लगतैको चासो र चिन्ताको बिषय बन्यो । अष्ट्रेलियामा कोभिड – १९ को प्रकोप देखिएर यहाँ अपनाइएका विविध सतर्कता संगै यतिबेला अष्ट्रेलियाको जनजीवन लगभग सामान्य तिर उन्मुख छ । सुरुका दिनमा जुन किसिमको त्रास थियो त्यो अब नरहे पनि हालै केहि राज्यमा देखिएका संक्रामितको संख्याले ती राज्यहरूले आफ्ना सतर्कता सम्बन्धी नियममा केहि हेरफेर गर्दै छन् भने कतै फेरि दोश्रो चरणको कोरानाको लहर आउने त होइन भन्ने संशय पनि यति बेला पाइएको छ । सुरुका दिनमा देखिएको बजारको हाहाकारदेखि सम्भावित खाद्यान्नको आभाबसम्मका कुराहरू हेर्दा अष्ट्रेलियामा यो महामारीको संकट यति छिट्टै टर्ला भनेर कमैले सोचेका थिए । तर यो लगभग टर्यो यसका धेरै कारण छन् तर सरल रुपमा बुझ्दा सरकार–जनताबीचको सहकार्यले नै यो सम्बभ भएको हो ।

अर्को तिर अष्ट्रेलियामा कोरना सक्रमितको संख्या ४ अंकमा हुदाँ नेपालमा बल्ल २/४ जना भनेर गन्दै थियौं तर अहिले यी हरफहरू पढ्दै गर्दा नेपालमा सक्रमितको संख्या ११ हजार नाघेको छ भने यो संख्या अझ धेरै पुग्ने बिज्ञहरू को अनुमान छ । लकडाउन केहि खुकुलो बने पनि जनजीवन झन् त्रासदी पूर्ण छ, यस मानेमा सरकारले अपनाएका मापदण्डमा कहिँ न कहिँ सुधार जरुरि छ । लकडाउन गरेर मात्र वा जनतालाई घर भित्र राखेर मात्र समस्याको समाधान हुने होइन लकडाउनको अबधिमा जति सके त्यति धेरै परिक्षण, संक्रमित पहिचान, संक्रमितलाई आइसोलेसन, बाहिरबाट आएकाहरूको हकमा सोहि अनुसार क्वारेनटाईन अनि पुनः परिक्षण । यसरी गरेर संक्रमित पहिचान र नयाँ संक्रमित रोक्न सकेमा मात्र कोरानाको प्रभाब रोक्न सक्ने देखियो ।

अष्ट्रेलियाबाट धेरै सिक्न सक्छ नेपालले कोरना भाइरसले उब्जाएको कोभिड –१९ को महामारीले पक्कै पनि करोडौंको स्वास्थ्यमा प्रभाब पर्यो । फरक प्रकृतिको यो भाइरसले मानवीय क्षति त गर्यो नै यसले सामाजिक र आर्थिक रुपमा पनि सारा देश र विश्वलाई नै धक्का दिएको छ । दक्षिणी गोलाद्धको पुच्छारमा रहेको अष्ट्रेलियाले विश्वका अन्य देशको तुलनामा निक्कै संयमित र सफल रुपमा कोरनाको महामारीको प्रतिबाद गर्यो र अझै निक्कै चनाखो सहित सम्भावित असरको मुकाबिला गर्न हर तरहले चनाखो देखिन्छ । भौगोलिक रुपमा धेरै नै ठूलो तर जनसंख्याका हिसाबले उस्तै उस्तै अष्ट्रेलियासंग नेपालले अन्य विविध बिषयमा जस्तै कोभिड –१९ नियन्त्रणका बिषयमा पनि धेरै सिक्ने कुराहरू छन् ।

यस्ता संकटमा सबै भन्दा ठुलो कुरा भनेको निस्वार्थ देश सेवामा लागेका राजनीतिक नेता देशले पाउनु हो । अष्ट्रेलिया यस मानेमा भाग्यमानी मान्नु पर्दछ कि यसले निक्कै परिश्रमी निस्वार्थ सत्ताधारी र बिपक्षी राजनीतिज्ञहरू पायो । यसैको फलस्वरूप यो राष्ट्रिय संकटमा ढिलो नगरी सबै एकै ठाउँमा उभिए मानौं यो एउटा लडाईको मोर्चा हो । विभिन्न राज्य सरकारले यो महामारीमा राज्य अनुकुलका नियमहरू खुकुलो र कसिलो बनाए तैपनि केन्द्रबिन्दु केन्द्र सरकार नै रह्यो र यो मोर्चा सम्हाले प्रधानमन्त्री स्कट मरिसनले जसको मेहनत र परिश्रमको बयान यो आलेखमा अट्न सक्दैन । छेउछाउमा बिषय बिज्ञ राखेर प्रम मोरिसिन दिनहुँ जसो मिडियामा आए । स्कट मोरिसनको मिडिया ब्रिपिÞmङ्ग मात्रै सबै उमेर समुहका लागि कोराना बिरुद्द लड्न र जोगिन प्रशस्त टिप्सहरू थिए । उनी संगै उपस्थिति हुने बिज्ञहरू ले बिषय बस्तुको गहिराइसम्म पुगेर जनतालाई सुसुचित बनाई रहे । त्यस पछि र महत्वपूर्ण तप्का भनेको यहाँको जनता । सरकारले भनेका सबै कुरा अनुशासित तरिकाले माने कुनै कुराको लागि पनि सरकार र बिज्ञहरू को सल्लाह सुझाब पर्खिए । यो अभूतपूर्ब सहकार्यले छोटो समय तुलानात्मक रुपमा सानो मानवीय क्षति सहित अष्ट्रेलियाले कोरनालाई नियत्रणमा लिएको देखिन्छ ।

कोभिडको पहिलो बिरामी मेलबर्न निवासी चीनको बुहानबाट आएका एक व्यक्तिमा जनवरीको अन्तिम हप्ता मै देखिए पनि अन्य बिरामी संख्या न्यून भए संगै मार्चको दोश्रो हप्ताभने अष्ट्रेलियन सरकारले यसलाई उच्च सतर्कताका साथ लियो । सोहि अनुसार मार्च १९ बाट अन्तरष्ट्रिय आगमन उडान बन्द गर्यो भने आफ्ना नागरिकहरू लाई रेस्क्यु फ्लाइटबाट ल्याउँदै स्वास्थ्य परिक्षण सहित सरकारी सुबिधाको क्वारेनटाईनमा राख्न थाल्यो त्यसपछि देश एक किसिमबाट शिल भए पछि ठूलो संख्यामा परिक्षण, लक्षण देखिएमा आइसोलोसन सहित उपचार, ती संग सम्पर्कमा भएका सबैको पहिचान र तिनको पनि परिक्षण गरियो जसले गर्दा सक्रमणको घेरा सानो बन्दै गयो । यस बीचमा प्रयोग गरेको प्रबिधिको प्रयोगमा कोभिड सेफ एप्सले पनि धेरै हदसम्म कोराना सक्रमित छुटउन र उपचार गर्न ठुलो मद्दत पुग्यो । यस बीचमा अत्याबश्यक सेवा बाहेकका अन्य पसल रेस्टुरेन्ट पार्क लगायतका सार्वजनिक स्थलहरू बन्द गर्दै सामाजिक दुरीलाई प्रथामिकताका साथ सरकारी यातायातदेखि पसलसम्म लागु गर्यो । जसले सक्रमण रोक्न ठूलो मद्दत पुग्यो भने पहिले नै संक्रमितलाई पहिचान गरि उपचार गर्न जांच बिधिदेखि सबै सर्वसुलभ गरे संगै यसमा ठुलो सफलता मिल्यो । स्कुल र कलेजहरू अनलाइन पढाइदेखि विभिन्न चरण गरि पहिले बन्द अनि बिस्त्रारै खोल्दै लग्यो । अहिले स्कुलतिर, सपिङ्ग सेन्टर र पार्क तिर उभिदा कोराना त्रासदी अब छैन भन्ने भाव आउंछ । यस बीचमा अष्ट्रेलियन सरकारले आर्थिक मारबाट देश धरासायी नहोस भनि बिभिन्न प्याकेजहरू ल्यायो त्यसैको फलस्वरूप यति बेला सानादेखि ठूला व्यसायीहरू ले कम्तिमा कोरानाका कारण आफ्ना व्यवसायहरू बन्द गर्नु परेन । काम गर्नेहरू लाई रोजगारदाता मार्फत तलब होस् या साना व्यवसायीहरू लाई आर्थिक सहयोग गर्ने होस् अष्ट्रेलियन सरकारले मौकामा हिरा फोर्नु पर्छ भन्ने कुरा अङ्गीकार गर्यो । यी र यहि कुराहरू कसैले जानेर आएका थिएनन् तर बिज्ञहरू को सल्लाह सुझाबलाई मनन गर्दै कमजोरी हटाउदै एक पछि अर्को गर्दै लग्यो फलस्वरूप यहाँका साना ठूला ब्यापारी यत्रो महामारी र त्रासदीबीचबाट बाहिर आउँदा पनि उच्च मनोबलका साथ आएका छन् । सबै भन्दा ठूलो सरकारको सफलता नै यहि हो भन्दा पनि हुन्छ । आपत–विपदको सहयोग कहिल्यै बिर्सिदिन भने जस्तै यस्ता बेलामा जबाफदेही हुन् नजान्नु, सरकार चलाउने भन्दा बिज्ञहरू लाई यस्ता कुरामा सरिक नगराउनु लगायत विविध कुराहरू ले नेपाल सरकार धेरै ठाउँमा चुकेको देखिन्छ । ढिलो भै सके पनि अन्तिम भने होइन त्यसैले अझै पनि अष्ट्रेलिया लगायत कोराना नियन्त्रण उन्मुख मुलकबाट पाठ सिक्दै आफु अनुकुल लागु गर्न सके नेपाल पनि ढिलो चाँडो यो संकटबाट पार लाग्न सक्थ्यो ।

फेरिएको जीवनशैली
कोरानाले विश्व मानव सभ्यतालाई नराम्रो धक्का दिंदै गर्दा निश्चय पनि यसले निक्कै ठूलो भौतिक र मानवीय नोक्सानी पुर्यायो, धेरै देशहरू मा पुर्याउने क्रम जारि छ । यसो भन्दै गर्दा यसले सम्पूर्ण मानव सभ्यतालाई ठूलो पाठ पनि सिकाएर गएको छ । एकातिर बिज्ञान प्रबिधि र आधुनिक चिकित्साशास्त्रले उन्मुक्त जस्तै देखिने प्रतिष्पर्धी युगले स्वार्थी बनाएको मान्छेलाई यो महामारीले प्रकृति र मानवीयता संसारको सबै भन्दा ठूला कुरा हुन् भनेर सिकाएको छ । राष्ट्रकबि माधब घिमिरेले लेखे जस्तै ‘आउँन्न भोलि भनि मात्न हुँन्न, प्रमत्त भै कोही पनि हाँस्न हुँन्न’ मानिसको अहंकारले खुद उसलाई नै भित्र भित्रै खाइरहेको थियो । तर एउटा भाइरसका कारण सम्पूर्ण मानव सभ्यता र बिज्ञान प्रविधि यसरी हल्लिन्छ भने हामीले यो सृष्टिमा रहेर घमण्ड गर्नु बेकार छ । अर्कोतिर शक्ति सम्पन्न राष्ट्रहरू देखि अबिकशित देशसम्म सबैभन्दा ठूलो कुरा सहयोग हो, आपद–विपदमा सहयोग हो । यसरी सहयोगको हात बढाउँदै धेरै मनिसहरू ले आफूलाई कोराना बिरुद्द मात्र लडाएनन् आफू भित्रको अहंकारलाई पनि जिते र आफूलाई मानवीयताको कसीमा रगटेर अझ निक्खार बनाए । यसैगरी कोराना भाइरसले हाम्रो जीवन शैली र दिनचर्यामा पनि ठूलो परिवर्तन ल्याइदिएको छ । पश्चिमा देशमा देखिने बाहिर जाने, बाहिर खाने, भीडभाडमा रमाउने, हप्तै पिच्छेका कार्यक्रम, सामान्य रुपमा मनाए हुने खालका पारिबारिक जमघट पनि तडकभडकका साथ गर्ने नेपाली समुदायमा आएको परम्परालाई पनि अहिलेको कोभिड प्रकोपले ठूलो पाठ सिकाएको छ । बच्चाको जन्मदिन उसकै १०/१५ जना साथीकाबीच मनाउँदा त्यो बच्चा जति खुसि हुन्थ्यो त्यति खुसी तडक भडक पार्टी प्यालेस र भड्किलो भोज भतेर हुँदैनथ्यो । उसलाई ती कुरा संग के प्रबाह यो त अभिभाबकको चाहना थियो । यसबीच जसरी कुनै व्यक्तिले परिवारभित्र समय बितायो, छोरा छोरीसंग लुकामारी खेल्यो, लुडो र क्यारिम खेल्यो । त्यसको आत्मियतापन शब्दमा वर्णन गर्न मिल्दैन आहिलेको यो कोभिड–१९ को लकडाउनले धेरैलाई त्यो मीठो अनुभूत गर्ने मौका मिल्यो । अर्कोतिर घर मै खाना मगाएर खाने, व्यवसायिकदेखि घरायसी भेटघाट र मिटिंगहरू प्रबिधिको प्रयोग गर्दै भिडियो कलबाट गर्ने लगायतका कुराले धेरै कुरा सिकायो । यस बाहेक घण्टौं लगाएर आफिस पुग्ने अनि त्यहाँ पनि उही कम्युटर कै अगाडि बसेर सबै गर्नेभन्दा धेरै दिन त्यस्ता कामहरू घर बाटै गर्न सकिने र अति आवश्यक पर्दा र फेस टु फेसका लागि मात्र अफिस जाँदा हुने रहेछ भन्ने कुरा पनि सिकियो । यसै गरि धेरै बैंकिंग कारोबार, लोनदेखि डाक्टर संगको सल्लाहसम्म पनि घर बाटै हुने रहेछ ।

अन्त्यमा मानब इतिहास कै कालो कालखण्डको रुपमा लिन सकिने यो महामारीले आहिलेसम्म पाँच लाख जीवन समाप्त भै सकेको छ । यसको उपचार र अन्त्य कहिले हुने हो कुनै गुञ्जायस छैन । यस्तो विषम परिस्थितिमा हामी जहाँ छौं सुरक्षितको कामना गरौँ । मानवीय रुपमा के सकिन्छ सहयोग गरौं, हर कुरामा बिज्ञको सल्लाह सुझाबको कदर गराैं । अत्याबश्यक बाहेक अरु केहि समय घुमघाम बिदा या देश फिर्तिको लागि प्रतिक्षा गरौँ । अझै पनि सामाजिक दुरी कायम गरौँ, कोरना लाग्ने सबै मर्दैनन् शरीरमा रोग प्रतिरोध क्षमता कम हुँदै गएपछि यसको असर बढी हुने हो त्यसैले प्रतिरोध बढाउन औषधि नभए पनि स्वस्थ जीवनशैली अप्नाउँ । नियमित योग ध्यान सकारात्मक सोच गरौँ यो महामारीमा अघिल्लो पंक्तिमा रहेर सेवामा जुट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सबैलाई सम्मान गरौं उनीहरूलाई काम गर्न सजिलो हुने वातावरण तयार गरिदिउँ । बिभिन्न समुदाय जस्तै नेपाली समुदायबाट पनि ठूलो संख्यामा स्वयंसेवक र स्वतः स्फूर्त सहयोगी मनहरूले मन फुकाएर हाम्रै समुदाय भित्र र बाहिर सहयोग चाहिनेलाई सहयोग गरेका छन् । तिनको पनि उच्च मनोबल बनाउन सहयोग गरौँ । हजारांै अनुशन्धानकर्ताहरू ले कोराना भाइरसका लागि अनुसन्धान गरेका छन् तिनीहरू को सफलताको कामना गरौं र आशा गरौं यो महामारीबाट विश्वले छिट्टै मुक्ति पाओस् ।

श्व नयाँ वर्ष २०२० को खुसियाली मनाउने तरखर गर्दै गर्दा डिसेम्बर २०१९ को अन्तिम दिनतिर विश्व स्वस्थ्य संगठनले नयाँ भाइरस देखिएको पुष्टि गर्यो । केहि हप्ता मै यसको प्रकोपलाई कोभिड–१९ नामकरण गरिएको यो भाइरसको प्रकोपले विश्व मानव सभ्यतालाई नै खैलाबैला मच्चाइदियो । यसले न विकसित देश भन्यो न अविकसित वा अल्पविकसित नै, यो गोलाद्धको एउटा कुनाबाट अर्को कुना पुग्यो, रंग, वर्ण, धर्म वा सम्प्रदाय कोहि यसका अपबाद रहेनन् । सम्पूर्ण मानब सभ्यतामाथि खनिएको यो त्रासदीले सबैलाई मानवीयताको तुलोमा तौलियो । मृत्यु अन्तिम सत्य हो, बाँच्दासम्म सबैको हित सोच्नु, समुदाय र देशका लागि केहि गर्नु मानब जस्तो चेतनशिल प्राणीको धर्म हो भन्ने सन्देश पनि दियो यो विपदले ।

चीनको बुहान राज्यबाट सुरु भएको कोरनाको प्रभाब एसियन देशहरूमा नदेखिदै यसले युरोपियन देशहरू मा ठुलो मानवीय क्षति पुर्यायो, त्यस पछि युरोपसंग जोडिएको बेलायत, अलिक परको उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिका हँुदै दक्षिण गोलाद्धको मुन्तिर रहेको अष्ट्रेलिया र न्युजिल्याण्डसम्म यसले महामारीको रुप लियो । यति हुदाँसम्म पनि चीन संगै जोडिएको नेपाल र भारतमा भने यसको प्रभाब ढिलो गरि देखियो । यसबीच चीनले बरु जन–जीवन सामान्य बनाउँदै लग्यो तर कोभिड –१९ का कारण ठूलो मानवीय क्षति भने हालसम्म हेर्दा यसको उद्गम देश चीनभन्दा कयौ गुणाले इटाली सहित युरोपका धेरै देशहरू त्यस पछाडि अमेरिका र बेलायतमा रह्यो । यसो भन्दै गर्दा लगभग विश्वका २१५ देशमा यसको असर देखियो । बितेका ६ महिना पछि पनि अझै यो शिथिल भएको हो भन्न सक्ने अवस्था छैन त्यस माथि केहि कन्ट्रोल भएका देशमा पनि बिज्ञहरू ले दोश्रो लहर आउन सक्ने भन्दै उत्तिकै सतर्कता अपनाउन सुझाएका देखिन्छन् ।

महामारीको त्रासदी
हुन त विश्व इतिहासमा यसभन्दा अगाडि पनि धेरै पटक मानवजनले महामारीका प्रकोपको सामना गरेकै हो । जस्तो स्पेनी फ्लु, इन्फुल्जा, इटालियन फ्लु, प्लेग आदि आदि । तर आधुनिक प्रबिधि र चिकित्सा क्षेत्रमा आएको यति ठूलो क्रान्ति पछि पनि रोग व्याधिका कारण विश्व यो हालतमा पुग्ला भनेर कमैले सोचेका हुन् तर भयो । यति बेला सम्पूर्ण बिज्ञान प्रबिधि, चिकित्सा क्षेत्र सबै हारेको छ र हामी फेरी उही प्रकृति तिर फर्केका छौं, जस्तो कि घरबाट ननिस्कने, सामाजिक दुरी कायम गर्ने आदि ।
प्रबासमा बसेर यी शब्दहरू लेख्दै या पढ्दै गर्दा पक्कै पनि विश्वभर फैलिएको यो महामारी संगै हामीले पहिला त आफू बसेको देश सम्झियौं, कसरि सुरक्षित रहने भन्ने कुरामा केन्द्रित रहयौं त्यस पछाडि हाम्रो ध्यान हाम्रो जन्मभूमि तिर पुग्यो । उताका आफ्नाहरू के गरे हुन् ? सुरक्षित छन् छैनन् भन्ने कुरा हाम्रो लगतैको चासो र चिन्ताको बिषय बन्यो । अष्ट्रेलियामा कोभिड – १९ को प्रकोप देखिएर यहाँ अपनाइएका विविध सतर्कता संगै यतिबेला अष्ट्रेलियाको जनजीवन लगभग सामान्य तिर उन्मुख छ । सुरुका दिनमा जुन किसिमको त्रास थियो त्यो अब नरहे पनि हालै केहि राज्यमा देखिएका संक्रामितको संख्याले ती राज्यहरूले आफ्ना सतर्कता सम्बन्धी नियममा केहि हेरफेर गर्दै छन् भने कतै फेरि दोश्रो चरणको कोरानाको लहर आउने त होइन भन्ने संशय पनि यति बेला पाइएको छ । सुरुका दिनमा देखिएको बजारको हाहाकारदेखि सम्भावित खाद्यान्नको आभाबसम्मका कुराहरू हेर्दा अष्ट्रेलियामा यो महामारीको संकट यति छिट्टै टर्ला भनेर कमैले सोचेका थिए । तर यो लगभग टर्यो यसका धेरै कारण छन् तर सरल रुपमा बुझ्दा सरकार–जनताबीचको सहकार्यले नै यो सम्बभ भएको हो ।
अर्को तिर अष्ट्रेलियामा कोरना सक्रमितको संख्या ४ अंकमा हुदाँ नेपालमा बल्ल २/४ जना भनेर गन्दै थियौं तर अहिले यी हरफहरू पढ्दै गर्दा नेपालमा सक्रमितको संख्या ११ हजार नाघेको छ भने यो संख्या अझ धेरै पुग्ने बिज्ञहरू को अनुमान छ । लकडाउन केहि खुकुलो बने पनि जनजीवन झन् त्रासदी पूर्ण छ, यस मानेमा सरकारले अपनाएका मापदण्डमा कहिँ न कहिँ सुधार जरुरि छ । लकडाउन गरेर मात्र वा जनतालाई घर भित्र राखेर मात्र समस्याको समाधान हुने होइन लकडाउनको अबधिमा जति सके त्यति धेरै परिक्षण, संक्रमित पहिचान, संक्रमितलाई आइसोलेसन, बाहिरबाट आएकाहरूको हकमा सोहि अनुसार क्वारेनटाईन अनि पुनः परिक्षण । यसरी गरेर संक्रमित पहिचान र नयाँ संक्रमित रोक्न सकेमा मात्र कोरानाको प्रभाब रोक्न सक्ने देखियो ।
अष्ट्रेलियाबाट धेरै सिक्न सक्छ नेपालले कोरना भाइरसले उब्जाएको कोभिड –१९ को महामारीले पक्कै पनि करोडौंको स्वास्थ्यमा प्रभाब पर्यो । फरक प्रकृतिको यो भाइरसले मानवीय क्षति त गर्यो नै यसले सामाजिक र आर्थिक रुपमा पनि सारा देश र विश्वलाई नै धक्का दिएको छ । दक्षिणी गोलाद्धको पुच्छारमा रहेको अष्ट्रेलियाले विश्वका अन्य देशको तुलनामा निक्कै संयमित र सफल रुपमा कोरनाको महामारीको प्रतिबाद गर्यो र अझै निक्कै चनाखो सहित सम्भावित असरको मुकाबिला गर्न हर तरहले चनाखो देखिन्छ । भौगोलिक रुपमा धेरै नै ठूलो तर जनसंख्याका हिसाबले उस्तै उस्तै अष्ट्रेलियासंग नेपालले अन्य विविध बिषयमा जस्तै कोभिड –१९ नियन्त्रणका बिषयमा पनि धेरै सिक्ने कुराहरू छन् ।
यस्ता संकटमा सबै भन्दा ठुलो कुरा भनेको निस्वार्थ देश सेवामा लागेका राजनीतिक नेता देशले पाउनु हो । अष्ट्रेलिया यस मानेमा भाग्यमानी मान्नु पर्दछ कि यसले निक्कै परिश्रमी निस्वार्थ सत्ताधारी र बिपक्षी राजनीतिज्ञहरू पायो । यसैको फलस्वरूप यो राष्ट्रिय संकटमा ढिलो नगरी सबै एकै ठाउँमा उभिए मानौं यो एउटा लडाईको मोर्चा हो । विभिन्न राज्य सरकारले यो महामारीमा राज्य अनुकुलका नियमहरू खुकुलो र कसिलो बनाए तैपनि केन्द्रबिन्दु केन्द्र सरकार नै रह्यो र यो मोर्चा सम्हाले प्रधानमन्त्री स्कट मरिसनले जसको मेहनत र परिश्रमको बयान यो आलेखमा अट्न सक्दैन । छेउछाउमा बिषय बिज्ञ राखेर प्रम मोरिसिन दिनहुँ जसो मिडियामा आए । स्कट मोरिसनको मिडिया ब्रिपिÞmङ्ग मात्रै सबै उमेर समुहका लागि कोराना बिरुद्द लड्न र जोगिन प्रशस्त टिप्सहरू थिए । उनी संगै उपस्थिति हुने बिज्ञहरू ले बिषय बस्तुको गहिराइसम्म पुगेर जनतालाई सुसुचित बनाई रहे । त्यस पछि र महत्वपूर्ण तप्का भनेको यहाँको जनता । सरकारले भनेका सबै कुरा अनुशासित तरिकाले माने कुनै कुराको लागि पनि सरकार र बिज्ञहरू को सल्लाह सुझाब पर्खिए । यो अभूतपूर्ब सहकार्यले छोटो समय तुलानात्मक रुपमा सानो मानवीय क्षति सहित अष्ट्रेलियाले कोरनालाई नियत्रणमा लिएको देखिन्छ ।
कोभिडको पहिलो बिरामी मेलबर्न निवासी चीनको बुहानबाट आएका एक व्यक्तिमा जनवरीको अन्तिम हप्ता मै देखिए पनि अन्य बिरामी संख्या न्यून भए संगै मार्चको दोश्रो हप्ताभने अष्ट्रेलियन सरकारले यसलाई उच्च सतर्कताका साथ लियो । सोहि अनुसार मार्च १९ बाट अन्तरष्ट्रिय आगमन उडान बन्द गर्यो भने आफ्ना नागरिकहरू लाई रेस्क्यु फ्लाइटबाट ल्याउँदै स्वास्थ्य परिक्षण सहित सरकारी सुबिधाको क्वारेनटाईनमा राख्न थाल्यो त्यसपछि देश एक किसिमबाट शिल भए पछि ठूलो संख्यामा परिक्षण, लक्षण देखिएमा आइसोलोसन सहित उपचार, ती संग सम्पर्कमा भएका सबैको पहिचान र तिनको पनि परिक्षण गरियो जसले गर्दा सक्रमणको घेरा सानो बन्दै गयो । यस बीचमा प्रयोग गरेको प्रबिधिको प्रयोगमा कोभिड सेफ एप्सले पनि धेरै हदसम्म कोराना सक्रमित छुटउन र उपचार गर्न ठुलो मद्दत पुग्यो । यस बीचमा अत्याबश्यक सेवा बाहेकका अन्य पसल रेस्टुरेन्ट पार्क लगायतका सार्वजनिक स्थलहरू बन्द गर्दै सामाजिक दुरीलाई प्रथामिकताका साथ सरकारी यातायातदेखि पसलसम्म लागु गर्यो । जसले सक्रमण रोक्न ठूलो मद्दत पुग्यो भने पहिले नै संक्रमितलाई पहिचान गरि उपचार गर्न जांच बिधिदेखि सबै सर्वसुलभ गरे संगै यसमा ठुलो सफलता मिल्यो । स्कुल र कलेजहरू अनलाइन पढाइदेखि विभिन्न चरण गरि पहिले बन्द अनि बिस्त्रारै खोल्दै लग्यो । अहिले स्कुलतिर, सपिङ्ग सेन्टर र पार्क तिर उभिदा कोराना त्रासदी अब छैन भन्ने भाव आउंछ । यस बीचमा अष्ट्रेलियन सरकारले आर्थिक मारबाट देश धरासायी नहोस भनि बिभिन्न प्याकेजहरू ल्यायो त्यसैको फलस्वरूप यति बेला सानादेखि ठूला व्यसायीहरू ले कम्तिमा कोरानाका कारण आफ्ना व्यवसायहरू बन्द गर्नु परेन । काम गर्नेहरू लाई रोजगारदाता मार्फत तलब होस् या साना व्यवसायीहरू लाई आर्थिक सहयोग गर्ने होस् अष्ट्रेलियन सरकारले मौकामा हिरा फोर्नु पर्छ भन्ने कुरा अङ्गीकार गर्यो । यी र यहि कुराहरू कसैले जानेर आएका थिएनन् तर बिज्ञहरू को सल्लाह सुझाबलाई मनन गर्दै कमजोरी हटाउदै एक पछि अर्को गर्दै लग्यो फलस्वरूप यहाँका साना ठूला ब्यापारी यत्रो महामारी र त्रासदीबीचबाट बाहिर आउँदा पनि उच्च मनोबलका साथ आएका छन् । सबै भन्दा ठूलो सरकारको सफलता नै यहि हो भन्दा पनि हुन्छ । आपत–विपदको सहयोग कहिल्यै बिर्सिदिन भने जस्तै यस्ता बेलामा जबाफदेही हुन् नजान्नु, सरकार चलाउने भन्दा बिज्ञहरू लाई यस्ता कुरामा सरिक नगराउनु लगायत विविध कुराहरू ले नेपाल सरकार धेरै ठाउँमा चुकेको देखिन्छ । ढिलो भै सके पनि अन्तिम भने होइन त्यसैले अझै पनि अष्ट्रेलिया लगायत कोराना नियन्त्रण उन्मुख मुलकबाट पाठ सिक्दै आफु अनुकुल लागु गर्न सके नेपाल पनि ढिलो चाँडो यो संकटबाट पार लाग्न सक्थ्यो ।
फेरिएको जीवनशैली
कोरानाले विश्व मानव सभ्यतालाई नराम्रो धक्का दिंदै गर्दा निश्चय पनि यसले निक्कै ठूलो भौतिक र मानवीय नोक्सानी पुर्यायो, धेरै देशहरू मा पुर्याउने क्रम जारि छ । यसो भन्दै गर्दा यसले सम्पूर्ण मानव सभ्यतालाई ठूलो पाठ पनि सिकाएर गएको छ । एकातिर बिज्ञान प्रबिधि र आधुनिक चिकित्साशास्त्रले उन्मुक्त जस्तै देखिने प्रतिष्पर्धी युगले स्वार्थी बनाएको मान्छेलाई यो महामारीले प्रकृति र मानवीयता संसारको सबै भन्दा ठूला कुरा हुन् भनेर सिकाएको छ । राष्ट्रकबि माधब घिमिरेले लेखे जस्तै ‘आउँन्न भोलि भनि मात्न हुँन्न, प्रमत्त भै कोही पनि हाँस्न हुँन्न’ मानिसको अहंकारले खुद उसलाई नै भित्र भित्रै खाइरहेको थियो । तर एउटा भाइरसका कारण सम्पूर्ण मानव सभ्यता र बिज्ञान प्रविधि यसरी हल्लिन्छ भने हामीले यो सृष्टिमा रहेर घमण्ड गर्नु बेकार छ । अर्कोतिर शक्ति सम्पन्न राष्ट्रहरू देखि अबिकशित देशसम्म सबैभन्दा ठूलो कुरा सहयोग हो, आपद–विपदमा सहयोग हो । यसरी सहयोगको हात बढाउँदै धेरै मनिसहरू ले आफूलाई कोराना बिरुद्द मात्र लडाएनन् आफू भित्रको अहंकारलाई पनि जिते र आफूलाई मानवीयताको कसीमा रगटेर अझ निक्खार बनाए । यसैगरी कोराना भाइरसले हाम्रो जीवन शैली र दिनचर्यामा पनि ठूलो परिवर्तन ल्याइदिएको छ । पश्चिमा देशमा देखिने बाहिर जाने, बाहिर खाने, भीडभाडमा रमाउने, हप्तै पिच्छेका कार्यक्रम, सामान्य रुपमा मनाए हुने खालका पारिबारिक जमघट पनि तडकभडकका साथ गर्ने नेपाली समुदायमा आएको परम्परालाई पनि अहिलेको कोभिड प्रकोपले ठूलो पाठ सिकाएको छ । बच्चाको जन्मदिन उसकै १०÷१५ जना साथीकाबीच मनाउँदा त्यो बच्चा जति खुसि हुन्थ्यो त्यति खुसी तडक भडक पार्टी प्यालेस र भड्किलो भोज भतेर हँुदैनथ्यो । उसलाई ती कुरा संग के प्रबाह यो त अभिभाबकको चाहना थियो । यसबीच जसरी कुनै व्यक्तिले परिवारभित्र समय बितायो, छोरा छोरीसंग लुकामारी खेल्यो, लुडो र क्यारिम खेल्यो । त्यसको आत्मियतापन शब्दमा वर्णन गर्न मिल्दैन आहिलेको यो कोभिड–१९ को लकडाउनले धेरैलाई त्यो मीठो अनुभूत गर्ने मौका मिल्यो । अर्कोतिर घर मै खाना मगाएर खाने, व्यवसायिकदेखि घरायसी भेटघाट र मिटिंगहरू प्रबिधिको प्रयोग गर्दै भिडियो कलबाट गर्ने लगायतका कुराले धेरै कुरा सिकायो । यस बाहेक घण्टौं लगाएर आफिस पुग्ने अनि त्यहाँ पनि उही कम्युटर कै अगाडि बसेर सबै गर्नेभन्दा धेरै दिन त्यस्ता कामहरू घर बाटै गर्न सकिने र अति आवश्यक पर्दा र फेस टु फेसका लागि मात्र अफिस जाँदा हुने रहेछ भन्ने कुरा पनि सिकियो । यसै गरि धेरै बैंकिंग कारोबार, लोनदेखि डाक्टर संगको सल्लाहसम्म पनि घर बाटै हुने रहेछ ।
अन्त्यमा मानब इतिहास कै कालो कालखण्डको रुपमा लिन सकिने यो महामारीले आहिलेसम्म पाँच लाख जीवन समाप्त भै सकेको छ । यसको उपचार र अन्त्य कहिले हुने हो कुनै गुञ्जायस छैन । यस्तो विषम परिस्थितिमा हामी जहाँ छौं सुरक्षितको कामना गरौँ । मानवीय रुपमा के सकिन्छ सहयोग गरौं, हर कुरामा बिज्ञको सल्लाह सुझाबको कदर गराैं । अत्याबश्यक बाहेक अरु केहि समय घुमघाम बिदा या देश फिर्तिको लागि प्रतिक्षा गरौँ । अझै पनि सामाजिक दुरी कायम गरौँ, कोरना लाग्ने सबै मर्दैनन् शरीरमा रोग प्रतिरोध क्षमता कम हुँदै गएपछि यसको असर बढी हुने हो त्यसैले प्रतिरोध बढाउन औषधि नभए पनि स्वस्थ जीवनशैली अप्नाउँ । नियमित योग ध्यान सकारात्मक सोच गरौँ यो महामारीमा अघिल्लो पंक्तिमा रहेर सेवामा जुट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सबैलाई सम्मान गरौं उनीहरूलाई काम गर्न सजिलो हुने वातावरण तयार गरिदिउँ । बिभिन्न समुदाय जस्तै नेपाली समुदायबाट पनि ठूलो संख्यामा स्वयंसेवक र स्वतः स्फूर्त सहयोगी मनहरूले मन फुकाएर हाम्रै समुदाय भित्र र बाहिर सहयोग चाहिनेलाई सहयोग गरेका छन् । तिनको पनि उच्च मनोबल बनाउन सहयोग गरौँ । हजाराैं अनुशन्धानकर्ताहरू ले कोराना भाइरसका लागि अनुसन्धान गरेका छन् तिनीहरू को सफलताको कामना गरौं र आशा गरौं यो महामारीबाट विश्वले छिट्टै मुक्ति पाओस् ।