नेपालमा केही दिन अत्यधिक वर्षा हुने

काठमाडौं – नेपालमा केहि दिन निष्कृय भएको मनसुन शुक्रवार रातिदेखि पुनः सक्रिय हुन थालेको छ ।
गए रातिदेखि नै देशका अधिकांश भागमा वर्षा भइरहेको छ ।
मध्यम तथा भारी वर्षाका कारण साना नदी तथा खोलमा पनि आकस्मिक बाढी आउन सक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज शनिबार बिहान ६ बजे दिएको जानकारी अनुसार पछिल्लो ६ घण्टामा ताप्लेजुङ, पाँचथर, धनकुटा, झापा, उदयपुर, सप्तरी, सिराहा, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र काठमाडौँ उपत्यकामा वर्षा भइरहेको छ ।
धादिङ, मकवानपुर, नवलपरासी, तनहुँ, लमजुङ, गोरखा, कास्की, दाङ, कैलाली, कञ्चनपुर, डोटीका केही स्थानमा पनि पानी परिरहेको छ ।
खासगरी मध्यभागमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर, नुवाकोट, नवलपरासी, तनहुँ, लमजुङ, गोरखा, कास्की, कपिलवस्तु, दाङ, कैलाली, कञ्चनपुर, डोटीर डडेल्धुरामा भारी वर्षा भइरहेको छ ।
अन्य ठाउँमा मध्यम वर्षा भइरहेको छ ।
वर्षाको क्रम अझै बढ्दै जाने मौसमविदले बताएका छन् ।
भोलि आइतबारदेखि पाँच दिन देशभर निकै ठूलो वर्षा हुने र त्यसले व्यापक रूपमा बाढी र पहिरो निम्त्याउने अनुमान गर्दै विज्ञले जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा गई ज्यान जोगाउन आग्रह गरेका छन् ।
राष्ट्रिय जोखिम विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी तथा पहिरोको जोखिम क्षेत्रमा रहेका बासिन्दालाई आइतबारदेखि ५ दिन भोकै बसेर हुन्छ कि सुरक्षित ठाउँका आफन्तकामा पाहुना लागेरै भए पनि सुरक्षित स्थानमा गई ज्यान जोगाउन सल्लाह दिएका छन् ।
मौसम तथा विपद्सम्बन्धी निकायले गरेको संयुक्त अनुमानअनुसार यो हप्ता देशैभर ठूलै वर्षा हुने र त्यसले पहाडमा पहिरो र तराईमा बाढीको प्रकोप व्यापक हुने देखिएकाले विशेष गरी सोमबारदेखि जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ ।
शुक्रबार प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलको अध्यक्षतामा जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभाग, ऊर्जा तथा जलस्रोत विभागसहितले संयुक्त पत्रकार सम्मेलन गर्दै साउन ४ देखि ८ गतेसम्म ठूलो पानी परी बाढी पहिरो जानसक्ने भएकाले सबैलाई सतर्क रहन आग्रह गरेका छन् ।
भारी वर्षा भइरहेका ठाउँमा साना नदी तथा खोलामा जलसतह बढेको छ ।
आकस्मिक बाढीको सम्भावना भएकाले सतर्क रहन नदी तटीय क्षेत्रका स्थानीयलाई महाशाखाले आग्रह गरेको छ ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...



