सक्रिय संक्रमितको संख्या ५,८२५

काठमाडौं- नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय २५ जनामा झरेको छ ।
यो कुल संक्रमितको संख्यामध्ये ३३ दशमलव २८ प्रतिशत हो ।
गत १६ असारमा सबैभन्दा धेरै सक्रिय संक्रमित १० हजार ३ सय ४१ जना पुगेको थियो ।
सक्रिय संक्रमितमध्ये प्रदेश १ मा ७९, २ मा १ हजार ८ सय ४४, बाग्मती प्रदेशमा ४ सय ११, गण्डकी प्रदेशमा ४ सय आठ जना आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, प्रदेश ५ मा ४ सय १४, कर्णाली प्रदेशमा ३ सय १७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ५२ जना आइसोलेसनमा उपचाररत छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार सकृय संक्रमितमध्ये अधिकांशको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
गत शनिबार सक्रिय संक्रमितको संख्या ८ हजार २ सय ३९ जना रहेको थियो ।
हिजो शनिबार यो संख्या घटेर ५ हजार ८ सय २५ पुगेको हो ।
यसरी हेर्दा एक साताको अवधिमा सक्रिय संक्रमित २ हजार ४ सय १४ जना डिस्चार्ज भएका छन् ।
यसैबीच, पछिल्लो २४ घन्टामा नेपालमा थप ५७ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसहित नेपालमा संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले बताए ।
शनिबार थप १०३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हालसम्म ११ हजार ६ सय ३७ जना उपचारपछि निको भएका छन् ।
संक्रमितमध्ये अधिकांशमा लक्षण देखिएको छैन ।
मंगलबारसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...