नेपालका विभिन्न स्थानमा बाढी पहिरोको ताण्डव

काठमाडौँ- आइतबारदेखि लगातार वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा बाढी पहिरो गएको छ ।
पहिरोमा परी काठमाडौँ, गोरखा र दार्चुलामा गरी चार जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीका अनुसार काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिका–१, गागलफेदीमा आइतबार राति पहिरो जाँदा २२ वर्षीय मनराज गुरुङको मृत्यु भएको छ ।
राति शौच गर्न खोल्सामा पसेका गुरुङमाथि पहिरो खसेको हो ।
पहिरोमा पुरिएका गुरुङलाई स्थानीयवासी र प्रहरीको उद्धार टोलीले निकालेको हो ।
दार्चुला जिल्ला, नौघडा गाउँपालिका–६ स्थित एक बस्तीमाथि पहिरो खस्दा आमा मानमती ठगुन्ना र ६ वर्षीया छोरी आरती गरी दुई जनाको मृत्यु र चार जना घाइते भएका छन् ।
पहिरोबाट प्राथमिक विद्यालयसहित चार घरमा क्षति पुगेको छ ।
गोरखाको गण्डकी गाउँपालिका–४, फुजेलमा सोमबार बिहान बाख्राको गोठमाथि पहिरो जाँदा ४० वर्षीया लक्ष्मी गुरुङको मृत्यु भएको छ । पहिरोबाट बाख्रा गोठमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अधिकृत अनिल पोखरेलले बाढी र पहिरो प्रभावित जिल्लामा उद्धार, उपचार, पीडितको पुनस्र्थापना र राहत वितरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।
गत जेठ १ गतेदेखि साउन ४ गतेसम्म बाढी पहिरो र डुबानमा परी ११० जनाले ज्यान गुमाएका छन् भने ५० जना अझै बेपत्ता छन् । ५० जना घाइते र करिब दुई सय परिवार विस्थापित भएको प्राधिकरणले जनाएको छ ।
पहिरोका कारण काठमाडौँ–चितवन जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । नारायणघाट–मुग्लिन सडक खण्डको चार किलो मिटरस्थित कालीखोलामा पहिरो गएको छ ।
चितवन–धादिङको सीमा मौवाखोलाको पुल नै बाढीले बगाएपछि यातायात सेवा अवरुद्ध भएको छ ।
गजुरी फुर्केखोला, बेनीघाट रोराङ, बाँदरेभीर र जोगीमारा लगायतका स्थानमा पहिरो गएको छ ।
पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली डोजर र स्काभेटरसहित खटिएको छ ।
बुटवल–तानसेन पाल्पा जोड्ने सद्धार्थ राजमार्गको पहिरो हटाइएपछि सोमबार दिउँसोबाट यातायात सेवा सञ्चालनमा आएको छ ।
प्रहरीका अनुसार दार्चुला गोकुलेश्वर सडकखण्डमा आइतबार साँझ पहिरो जाँदा पूर्णरूपमा अवरुद्ध भएको छ ।
बाजुराको बुढीगङ्गा–२ स्थित घट्टेखोलाको २५ मिटर लामो पक्की पुल बाढीले बगाएको छ । पुल बगाएपछि अछाम साँफेबगर–बाजुरा–मार्तडी सडक अवरुद्ध छ ।
स्थानीय जिल्ला प्रशासन कार्यालयले सडक यातायात सञ्चालन गर्न वैकल्पिक सडक निर्माणको तयारी भइरहेको जनाएको छ ।
मनाङको नासो गाउँपालिका–१, म्यार्दी भीरस्थित बेँसीसहर–चामे सडकखण्डमा ढुङ्गा झरेर सोमबार बिहानदेखि सडकमा अवरोध भएको छ ।
गोरखा सातकिलो र आरूघाट सडकखण्ड अवरुद्ध छ । प्रहरी चौकी कोखेआहालेबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
सोलुखुम्बु, दूधकुण्ड नगरपालिका–११ साल्मेस्थित सोलु–ओखलढुङ्गा सडकखण्डमा पहिरो खसेर सोमबार बिहानदेखि सडक अवरोध भएको छ । अस्थायी प्रहरी पोस्ट दोर्पुबाट खटिएको प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको जनाइएको छ ।
पाँचथर, फाल्गुनन्द गाउँपालिका–३ स्थित पाङ्ग्रेभीरमा पहिरो जाँदा मेची राजमार्गको सडक अवरोध भएको छ । प्रहरी चौकी पौवासार्तापबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
दोस्रो चरणको मनसुन सक्रिय भएसँगै आइतबारबाट परेको लगातारको वर्षाका कारण काठमाडौँ उपत्यका भएर बग्ने नदीमा पानीको बहाव बढ्न गई मानवीय बस्तीमा बाढी पसेको छ ।
केही स्थान डुबानमा परेका छन् । सोमबार बल्खु खोलाको बाढीले बल्खुस्थित तरकारी बजार छेउछाउको बस्ती डुबानमा परेको छ ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...



