आज राती १२ बजेबाट लकडाउन अन्त्य

काठमाडौं- सरकारले लकडाउन आज राती १२ बजेदेखि अन्त्य गर्ने निर्णय गरको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा आज मध्यरातदेखि लकडाउन पूर्णरुपमा अन्त्य गर्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।
यसअघि सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत खोल्ने निर्णय गरिसकेको छ ।
यद्यपी अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ गतेसम्मलाई स्थगित गर्ने निर्णय भएको छ ।
नेपालमा कोरोनाको जोखिम बढेको भन्दै चैत्र ११ गतेदेखि देशभर लकडाउन जारी गरिएको थियो ।
सरकारले साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ ।
तर होटल–रेस्टुरेन्ट खुलेपनि सामूहिक भोज, पार्टी र सेमिनार जस्ता गतिविधि भने सञ्चालन भने गर्न पाइनेछैन ।
यस्तै ट्रेकिङ र ट्राभल व्यवसाय पनि खोल्न सकिने सरकारको निर्णय छ ।
त्यसैगरी भदौ १ देखि विद्यार्थी भर्ना खुला गर्ने सरकारको निर्णय छ ।
भदौ १ देखि छोटो, मध्यम र लामो दूरीका यात्रुबाहक सवारीसाधनहरु सञ्चालन गर्न दिने निर्णय भएको छ ।
यस्तै भदौ १ देखि नै आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान खुला गर्ने निर्णय पनि सरकारले गरेको छ ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...