त्रिविका सबै क्याम्पस आजदेखि खुल्ने

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं – त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुल्ने भएका छन् ।

नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्दै क्याम्पस सञ्चालनमा ल्याउने निर्णय विश्वविद्यालयले गरेको छ ।

सरकारले कोरोना भाइरसको सङ्क्रमणका कारण चैत ११ देखि लगाएको लकडाउन खुला गर्ने निर्णय लिए लगतै विश्वविद्यालय आफनो नियमित कार्यक्रमलाई सुचारु राख्ने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ ।

यसैवीच, विश्वविद्यालयले कोरोना भाइरसका कारण स्थगित परीक्षा भदौ ७ गतेदेखि सुचारु गर्ने निर्णय गरिएको विश्वविद्यालयले जनाएको छ ।

स्थगित परीक्षा दसैंअघि सम्पन्न गर्ने तथा दसैंपछि अन्य नियमित परीक्षा गर्ने तयारी त्रिविको छ ।

यसैवीच, विश्वविद्यालयले क्याम्पस सञ्चालन गर्ने निर्णय गरेसँगै विदामा बसेका अध्यापकहरुलाई पनि बोलाउने निर्णय गरेको छ ।

विश्वविद्यालयका अध्यापकहरुलाई दिइएको विदा समेत सकिएको र अव क्याम्पसमा हाजिर हुनुपर्ने भएको छ ।

क्याम्पसमा नियमित पठनपाठन र परीक्षा बाहेक अन्य गतिविधि नियमित गरिने भएकोले विश्वविद्यालयका अध्यापकहरुलाई पनि बोलाइएको जनाइएको छ ।