चितवन निकुञ्जका राम–लक्ष्मण एक हजारको नोटमा

काठमाडौं – नेपाली नोटमा विदेशी हात्ती प्रयोग भएको गुनासो आएपछि नेपाल राष्ट्र बैंकले नेपालमा पाइने हात्तीको तस्बीर प्रकाशन गरेको छ ।
नोटमा प्रयोग भएका हात्ती चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका जुम्ल्याहा राम–लक्ष्मण हुन् ।
यस अघिका एक हजारको नोटमा एउटा हात्तीको चित्र अङ्कित थियो भने अहिलेको नोटमा दुई हात्ती रहेका छन् । ती हात्ती अहिले चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिइरहेका छन् ।
यस अघिको नोटमा अफ्रिकन हात्ती रहेको थियो । अहिलेका राम–लक्ष्मण चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्र सौराहामा जन्मिएका हुन । केन्द्रका निमित्त प्रमुख जलेन्द्र चौधरीका अनुसार देवीकलीले जुम्ल्याहा जोडी जन्माएको थियो ।
आमा देवीकली हुन् भने यिनीहरुका बाबु रोमियो नामको जङ्गली हात्ती हो । रोमियोले समय समयमा मानव बस्तीमा गएर वितन्डा पनि मच्चाउने गर्दछ । विगत लामो समयदेखि प्रजनन् केन्द्रमा पालैपालो रोमियो र ध्रुवेले प्रजनन् गराउँदै आएका छन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार विसं २०६५ कात्तिक २१ गते यो जुम्ल्याहा जोडी जन्मिएको हो । हात्तीको जुम्ल्याहा दुर्लभ हुने गर्दछ । रुपाखेतीले भने, “मैले थाइल्याण्डमा जुम्ल्याहा जन्मिएको तर बचाउन नसकिएको सुनेको थिए, अरु ठाउँमा सुनेको छैन ।” उनको भनाइमा जुम्ल्याहा जन्मिएर बाँचेको सम्भवत यो पहिलो र एक मात्र हो ।
हाल राम सौराहाको हात्तीसार र लक्ष्मण कसराको हात्तीसारमा रहेका छन् । उनीहरुलाई तीन वर्ष छ महिना पुगेपछि विनोद चौधरी नाम गरेका दुई जना कर्मचारीले तालीम दिएका हुन । तालीमपछि निकुञ्ज सुरक्षामा यी दाजुभाई जुटिरहेका छन् । राम दाजु हुन भने लक्ष्मण भाई हुन् । १२ वर्ष हुन लाग्दा यी दाजुभाईको फोटो नेपाली एक हजार रुपैयाँको नोटमा छापिएको छ ।
अहिले छापिए पनि झण्डै सात वर्ष अघि उनीहरुको फोटो खिचिएको हो । त्यतिबेला करिब पाँच वर्षको उमेरका राम–लक्ष्मणको फोटो अहिलेको नेपाली नोटमा आएको बताइएको छ । यी दुवै भाले हात्ती हुन । हात्तीको भालेलाई गज र पोथीलाई कली भनिन्छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...