सशस्त्र र तस्करबीचको झडपमा गोली लागेका घाइतेको मृत्यु

सुनसरी- सुनसरीको हरिनगर गाउँपालिका–७ घुस्कि नजिकैको नेपाल–भारत सीमा क्षेत्र दशगजामा सशस्त्र प्रहरी र तस्करबीचको झडपमा गोली लागेर घाइते भएका एक युवाको बिहीबार मृत्यु भएको छ ।
यही साउन २ गते राति भएको घट्नामा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय २१ वर्षीय युवा साहबाज मियाँ घाइते भएका थिए ।
प्रहरीका अनुसार तस्करीमा संलग्न मियाँलाई नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरीमाथि नै आक्रमण भएको थियो ।
घट्नामा तस्करहरुको आक्रमणमा एकजना शसस्त्र प्रहरी पनि घाइते भएका थिए ।
सीमा क्षेत्रमा भारतबाट ल्याएको सामान नियन्त्रण गर्ने क्रममा करीब नौ जनाको समूहमा आएका तस्करहरु र गस्तीमा निस्केका सशस्त्र प्रहरीबीच झडप भएको थियो ।
मृतक मियाको परिवारले क्षतिपूर्ती दिनुपर्ने, परिवारका लागि भरणपोषण र शहीद घोषणा गर्नुपर्ने माग राखेर आन्दोलन गरेपछि जिल्ला प्रशासन सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्र पोखरेलले घट्नाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्ने सहमति भएको बताउनुभयो ।
उहाँले भन्नुभयो- ‘मृतकको परिवारलाई सरकारबाट क्षतिपूर्ति स्वरुप १० लाख रुपैयाँ दिलाउन पहल गर्ने र दोषीलाई कारबाही गर्न छानबिन गर्ने, घुस्कीमा भन्सार कार्यालय स्थापना गर्ने सहमति भएको छ ।’
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...



