खुम्बुमा अलपत्र पर्यटकलाई निःशुल्क खाने बस्ने व्यवस्था

सोलुखुम्बु- सगरमाथा पदयात्राका लागि खुम्बु क्षेत्र आएर अलपत्र परेका पर्यटकलाई लुक्लामा खान र बस्नका लागि निःशुल्क व्यवस्था गरिएको छ ।
खुम्बु क्षेत्र भ्रमणका लागि आएका पर्यटक सरकारले आकस्मिक रूपमा लकडाउन गर्दा पर्यटक अलपत्र परेको पथ प्रदर्शकले बताएका छन् ।
खुम्बु पासाङ ल्हामू गाउँपालिका र होटल एसोसिएसन लुक्लाको समन्वयमा अलपत्र पर्यटकलाई लकडाउन अवधिभर निःशुल्क व्यवस्थापन गर्ने सहमति भएको छ ।
हालसम्म लुक्लामा अलपत्र १३५ जना विदेशी अलपत्र पर्यटकलाई सुरक्षित व्यवस्थापन गरिएको र अझै अलपत्रको खोजी भइरहेको होटल एसोसिएसन लुक्लाका अध्यक्ष आङफूर्वा शेर्पाले जानकारी दिनुभयो ।
उनीहरू सुरक्षित रूपमा फर्किन पाउने प्रतीक्षामा रहेका छन् ।
लुक्लाभन्दा माथि पनि दुई सय जनाको हाराहारीमा पर्यटक अलपत्र परेको पर्यटक पथ प्रदर्शक रमेश तामाङले जानकारी दिनुभयो ।
पर्वतारोहणको सिजन भएकाले यो समयामा हजारौँ पर्यटक सगरमाथा आधार शिविरसम्म पदयात्रामा निस्कन्छन् तर यो वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण मुख्य पर्यटकीय सिजन भने प्रभावित बनेको छ ।
गाउँपालिका प्रवक्ता लाक्पाछिरि शेर्पाले उद्धारका लागि पहल भइरहे पनि गृहबाट अनुमतिको प्रतीक्षामा रहेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय उडान नै बन्द रहेको अवस्थामा पर्यटकलाई काठमाडौँ पुर्याउँदैमा समस्याको समाधान नहुने उहाँको भनाइ छ ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...