नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरीमा नयाँ नेतृत्व  

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
अष्ट्रेलियाको उत्तरी  शहर डार्विनमा बसोवास गर्ने नेपालीहरुको संस्था नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरीको हालै सम्पन्न साधारण सभाले आगामी कार्यकालका लागि सर्बसम्मत नयाँ कार्य समितिको चयन गरेको छ । निर्बिरोध निर्बाचित कार्य समितिको अध्यक्षमा युवराज पन्त  छन् भने पाँच सदस्यीय नयाँ कार्यसमितिका अन्य पदाधिकारीहरु मा उपाध्यक्षमा राजीव थापा, कोषाध्यक्ष राजन बस्नेत एबं कार्यसमितिका सदस्यहरुमा परेश राज घिमिरे र गुन्जन उपाध्याय रहेका छन् ।
करिब पाँच हजार भन्दा धेरै नेपालीहरु बसोबास गर्ने सो क्षेत्रमा  नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरीमा २००८ मा स्थापना भए संगै बिबिध सामाजिक एबं परोपकारी कार्यहरु मा सक्रिय संग्लन रहदै आएको छ। बिभिन्न  समयमा नर्दन टेरिटोरीको राज्य र स्थानीय सरकार एबं एनआरएनए अष्ट्रेलिया संगको सहकार्यमा नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरीले बिबिध उल्लेखेनिय कार्यहरु गर्दै आइरहेको छ।