डार्बिनमा हरि रिजालको भब्य बिदाइ

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सामाजिक एबम परोपकारी व्यक्तित्त्व हरि रिजाललाई डार्बिन स्थिति बिबिध संघ संस्था र व्यक्तित्वहरु ले यहाँको समुदायमा उँहाको योगदानको कदर गर्दै बिदाइ गरेका छन् । ११ बर्षको डार्बिन बसाइ पछि  रिजाल सपरिवार गोल्ड कोष्ट बसाइ सराइ संगै उँहाका अबका दिन हरु सुखद रहुन भन्ने कामना सहित बिगत एक महिना देखि बिबिध कार्यक्रम सहित उँहाको बिदाइ कार्यक्रम भएको डार्बिनबाट कृष्ण रानाभाटले बताए।
बिगतमा यहाँको बिबिध सामाजिक संस्थामा सक्रिय रही एनआरएनए एनटि  राज्य कार्यसमितिको संयोजकको रुपमामा रिजालले सफल कार्य सम्पादन गरेको बिदाइ कार्यक्रममा धेरैले स्मरण गरे। एनआरएनए एनटि राज्य कार्यसमितिको संयोजक रहँदा रिजाल कै नेतृत्वमा पहिलो पटक डार्बिनमा नेपाल फेस्टिभल कार्यक्रम सम्पन्न भएको थियो। यी बाहेक समुदायमा गरेका बिबिध कार्यहरु र उँहाको परोपकारी भावाना मिलनसार स्वभाबले डार्बिनले एक असल मित्रलाई आफ्नो शहरबाट टाढा गएको देख्दा दुख लागेको भए पनि यहाँका सबैले रिजालको उत्रोत्तर प्रगतिको कामना गरेका र गरि रहने पनि रानाभाटले बताए।