३५ हजार नेपालीको उद्धार

काठमाडौ- भारतबाहेक अन्य मुलुकमा आपत्मा परेका झन्डै ३५ हजार नेपालीको उद्धार गरिएको छ ।
साउन १० गतेसम्मको तथ्याङ्कअनुसार ३५ हजार नेपालीको उद्धार गरी स्वदेश फर्काइएको जनाइएको छ ।
त्यसैगरी विदेशमा निधन भएका २२१ भन्दा बढी नेपालीको शव ल्याएर आफन्तलाई जिम्मा लगाइएको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जनाएको छ ।
नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसाको समय सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका नेपालीको उद्धार गरिएको हो ।
विभिन्न एयरलाइन्सका उडानमार्फत संयुक्त अरब एमिरेट्स यूएईबाट सात हजार ७८५ जनाको उद्धार भएको छ । कुवेतमा आम माफी पाएका र अन्य अलपत्र परेकासहित पाँच हजार ५४९ जनाको उद्धार गरिएको छ ।
यस्तै साउदी अरबबाट पाँच हजार ६११, मलेसियाबाट पाँच हजार ३३३ जना र कतारबाट तीन हजार ९४१ जनाको उद्धार गरिएको हो । यस्तै अफगानिस्तान ३३, अस्ट्रेलिया ६३४, म्यानमारबाट २६, जापान ७५६, थाइल्यान्ड ३२६, दक्षिण कोरिया ४७६, बङ्गलादेश ८४१, माल्दिभ्स ७०९, श्रीलङ्का पाँच, सिङ्गापुर १४६, हङ्कङबाट ८९ र पाकिस्तानबाट ७२ जनालाई ल्याइएको छ ।
त्यसैगरी बहराइनबाट ९८०, ओमानबाट ४९२, अमेरिका ४२३, बेलायत २२९, इजरायल १२७, चीनबाट १०५ जना, टर्कीबाट ३४ जना र फिलिपिन्सबाट २०१ जना र इन्डोनेसियाबाट २० जनालाई स्वदेश फर्काइएको समितिले जनाएको छ ।
फर्केकामध्ये सबैभन्दा बढी बाग्मती प्रदेशका बासिन्दा रहेका छन् । जसअनुसार बाग्मती प्रदेशका नौ हजार ६२६ जना, प्रदेश १ का सात हजार २७५ जना, प्रदेश २ का पाँच हजार ८९९ जना, गण्डकी प्रदेशका चार हजार ४४८ जना, प्रदेश ५ का पाँच हजार ८६९ जना, कर्णाली प्रदेशका ८१० जना र सुदूरपश्चिम प्रदेशका ८९६ जना रहेका छन् ।
फर्केका मध्ये २६ हजार २८९ जना आफ्नो प्रदेश पुगेर नजिकको क्वारेन्टाइनमा बसी घर फर्केका छन् । अझै पनि होटेल क्वारेन्टाइनमा एक हजार १५५ जना, होम क्वारेन्टाइनमा तीन हजार ७५५ जना र स्थानीय क्वारेन्टाइनमा तीन हजार ६५७ जना नेपालीले स्वास्थ्य लाभ गरिरहेको समितिले जनाएको छ ।
यसै अवधिमा २२१ जनाभन्दा बढीको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । शव ल्याएका मध्ये सबैभन्दा बढी मलेसियाबाट ७२ जनाको रहेको छ । साउदी अरेबियाबाट ७०, कतारबाट ४८, कम्बोडियाबाट ३३, यूएईबाट १३, कुवेतबाट आठ, बहराइनबाट सात, ओमान, माल्दिभ्स र हङ्कङबाट एक–एक जनाको शव ल्याइएको छ । विदेशबाट अझै ९४ जनाको शव ल्याउन बाँकी छ ।

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...