नेपालमा कोरोना सङ्क्रमण दर उच्च

काठमाडौं– लकडाउन खुलेपछि कोरोना सङ्क्रमितको दर अझ बढेको छ ।
लकडाउनअघिसम्म दैनिक सयभन्दा कम सङ्ख्यामा आइसकेकोे कोरोना सङ्क्रमण दर त्यसपछिको दिनमा निरन्तर माथि जाँदै छ ।
लकडाउन खुलेपश्चात् काठमाडौं उपत्यकामा सङ्क्रमित दर झनै बढेको छ ।
बुधबार मात्र काठमाडौँं उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६२ सहित देशभर ३८१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँका ५७ जना र ललितपुरका पाँच जना गरी कुल ६२ जनामा सङ्क्रमण भएको जानकारी दिनुभयो ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा काठमाडौंँका २७ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौँका १४ जना र ललितपुरका एक जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका दुई र ललितपुरका दुई जनामा कोरोना पुष्टि भएको जानकारी उहाँले दिनुभयो ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काठमाडौँका एक, स्टार अस्पतालमा काठमाडौँका एक र ललितपुरका दुई, नेपाल प्रहरी अस्पतालमा काठमाडौँका ११ र डीआईडीएल प्रयोगशालामा काठमाडौँका एक जनामा कोरोना देखिएको हो ।
प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा छ हजार ३५९ को पीसीआरबाट गरिएको परीक्षणमा थप ३८१ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो ।
कुल सङ्क्रमितको सङ्ख्या २१ हजार ३९० पुगेको छ ।
देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार १७४ रहेको बत९ाउँदै डा.गौतमले पछिल्लो २४ घण्टामा थप १३० जना उपचारपछि निको भएर डिस्चार्ज भएको बताउनुभयो ।
योसहित डिस्चार्ज हुनेको कुल सङ्ख्या १५ हजार १५६ पुगेको छ ।
बुधबार देशभरका क्वारेन्टाइनमा नौ हजार ९२५ जना व्यक्ति छन् ।
नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ ।
यसैबीच पर्साको पोखरीया नगरपालिका–८ का एक १८ वर्र्षीया युवतीको मृत्यु भएको छ ।
उपचारका लागि वीरगञ्जको नेसनल मेडिकल कलेजमा ल्याउँदा बाटैमा मृत्यु भएकी युवतीमा कोरोना देखिएको हो ।
यस्तै वीरगञ्जका अस्थायी कोभिड अस्पतालमा उपचाररत ४६ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।
योसँगै नेपालका कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ ।
प्लाज्मा थेरापी पनि विकल्प
यसैबीच विराट मेडिकल कलेजका प्रमुख डा। ज्ञानेन्द्रमान सिंह कार्की कोरोना भाइरसबाट मुक्त हुनुभएको छ । उहाँलाई बिहीबार त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको छ । शिक्षण अस्पतालमा गरिएको दुईपटकको पीसीआर परीक्षणमा डा। कार्कीको रिपोर्ट नेगेटिभ आएको छ । उहाँलाई नेपालमा पहिलोपटक प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो ।
गत साउन १० गते अस्पतालमा भर्ना गरी छ दिनसम्म उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वीकृति लिई प्लाज्मा थेरापी विधिबाट उहाँको थप उपचार भएको थियो । डा। कार्कीले गोरखापत्रसँग कुरा गर्दै आफूले नयाँ जीवन पाएको जानकारी दिनुभयो ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...



