बुद्ध नेपालमा जन्मेको विषयमा कुनै शंका छैन : भारतीय विदेश मन्त्रालय

काठमाडौं – भारतीय विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकामा कुनै शंका नरहेको प्रस्ट पारेको छ ।
मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका छैन, जुन नेपालमा पर्छ ।’ उनले यस विषयमा थप स्पष्ट पार्दै विदेशमन्त्री जयशंकरले बौद्ध धर्मका सम्पदा नेपाल र भारत दुवै देशको साझा भएको बताउन खोजेको उल्लेख गरेका छन् ।
शनिबार भारतका विदेशमन्त्री डा. एस जयशंकरले बुद्धलाई महान् भारतीय बताएका थिए । उनको त्यो अभिव्यक्तिको नेपालमा विरोध भएसँगै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर बुद्धबारे प्रस्ट धारणा सार्वजनिक गरेको हो ।
नेपालको परराष्ट्र मन्त्रालयले पनि गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै आइतबार विज्ञप्ति जारी गरिसकेको छ । विज्ञप्तिमा बुद्धको जन्म ऐतिहासिक र पुराताŒिवक प्रमाणका आधारमा स्थापित भएको बताइएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...