एकै दिन कोरोना संक्रमणबाट १० को मृत्यु

काठमाडौं- कोरोना संक्रमणको तीव्र चपेटामा पर्दै गएको नेपालमा विगत २४ घन्टामा १० जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण जनकपुर उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण गिरीको मृत्यु भएको छ ।
श्वास प्रश्वासमा समस्या देखिएपछि गिरीलाई हेलिकोप्टरमार्फत उपचारका लागि मेडिसिटी अस्पताल ल्याइएको थियो ।
उहाँको त्यहीं उपचारका क्रममा मृत्यु भएको हो ।
त्यसै गरी जनकपुरकै संक्रमित एक महिलाको पनि काठमाडौंमा उपचारका क्रममा निधन भएको छ ।
कोरोना संक्रमणबाट काठमाडौं, धादिङ, सप्तरी, मोरङ, रुपन्देही, महोत्तरी, बारा, पर्सा र कपिलवस्तुका एक–एक जनाको निधन भएको छ ।
कोरोना संक्रमणबाट मर्नेको संख्या ९२ पुगेको छ भने संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।
काठमाडौ टेकुकी एक ७८ वर्षीया वृद्धाको ललितपुरस्थित किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
साउन २६ गतेदेखि किस्ट अस्पतालमा उपचाररत उनी मधुमेह, रक्तचापका समस्याबाट पीडित थिइन् ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...