थपिए ६४१ नयाँ सङ्क्रमित, दुईको मृत्यु

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौँ- नेपालमा आईतबार काठमाडौँ उपत्यकामा १७२ सहित थप ६४१ मा कोभिड—१९ सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आईतबार १२ हजार २४७ हजार जनामा गरेको पिसीआर परीक्षणबाट ६४१ नयाँ सङ्क्रमित देखिएका हुन् ।

हालसम्म पाँच लाख १७ हजार ९०७ को पिसीआर परीक्षण भएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

योसँगै आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार २२१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार आज उपत्यकामा देखिएका थप १७२ कोरोनाका सङ्क्रमितमध्ये काठमाडौँका १२६, लतिपुरका ३८ र भक्तपुरका आठ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १३४ जना कोरोना जितेर घर फर्किएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १७ हजार ३३५ पुगेको छ

कोभिड–१९ बाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ ।

पर्सामा एक पुरुष र मोरङमा एक महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

अहिले होम आइसोलेशनमा रहेका बिरामीको सङ्ख्या ४९७ रहेको छ ।

आइसोलेशनमा रहेका सङ्क्रमितको सङ्ख्या आठ हजार ७२४ रहेको छ ।

वाग्मती प्रदेशका छ जना सङ्क्रमितलाई भेण्टिलेटरमा राखिएको छ ।

अहिले विश्व नै कोभिड–१९ महामारीको चपेटामा परेको छ ।