साउथवेस्ट नेप्लिज कम्युनिटीद्वारा सहयोग रकम हस्तान्तरण 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
अष्ट्रेलियामा रहेका नेपालीहरु का कर्मभूमि अष्ट्रेलियामा गत बर्ष लागेको भिषण आगलागिबाट पर्न गएको धनजनको क्षतिमा बहुसांस्कृतिक समुदायको सदस्यको हैसियतले बिभिन्न समुदायबाट स्वतस्फुर्त रुपमा सहयोग जुराउने क्रममा साउथ वेस्ट निप्लिज कम्युनिटी सिड्नीले ‘गो फन्ड’ उठाएको रकम हालै एक कार्यक्रम बीच बालमोरल रुलर फाइर स्टेसनलाई हस्तान्तरण गरेको छ। संकलित १ हजार अष्ट्रेलियन डलरको चेक संस्थाका पदाधिकारीहरु ले गत १२ अगस्तका दिन Nathaniel Gerard Smith (Member of the Legislative Assembly, Member for Wollondilly) र Louis Amato, (Parliament member NSW) को उपस्थतीमा  बालमोरल रुलर फाइर स्टेसनका डेपुटी क्याप्टेन स्कट मार्क्स लाई हस्तान्तरण गरेका थिए।
हस्तान्तरण कार्यक्रममा बोल्दै  लोकल मेम्बर Nathaniel Smith ले अष्ट्रेलियालाई परेको विपदमा नेपाली कम्युनिटीको तर्फ बाट पटक पटक प्राप्त सहयोगको प्रसंसा गर्दै भविष्यमा पनि यस्ता सहयोगहरु को निरन्तरताको अपेक्षा गरेको बताए।  यसै गरि NSW पार्लियामेन्ट मेम्बेर  Louis Amato ले त्यस बेलाको विपदमा यस क्षेत्रबाट २ जना फाइरफाइटरले ज्यान गुमाएको, पशु पन्छी, रुख बिरुवाका कारण बाताबरणमा समेत असर परेको र यस क्षेत्रका कृषकहरु लाइ समेत ठुलो नोसानी परेको स्मरण गर्दै यस्तो अफ्ठ्यारो समयमा नेपाली समुदायबाट आएको यो सहयोग धेरै महत्वपूर्ण रहेको बताएको  कार्यक्रममा बोल्दै  साउथवेस्ट नेप्लिज कम्युनिटीका महासचिब प्रेम शाहले बताए।
सोहि अवसरमा संस्थाका अध्यक्ष डा. देबेन्द्र सापकोटाले उपस्थिति सबै अतिथिहरु लाई  धन्यबाद दिदै अष्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा नेपाली समुदायको तर्फबाट सानो सहयोग  पुराउन पाएकोमा सबै सहयोगहरु लाई समेत धन्यवाद दिएका थिए।  उक्त अबसरमा संस्थाका महासचिब प्रेम शाह, सचिब प्रज्वल भट्टराई, कोषाध्यक्ष मिनराज भुषाल, प्रबक्ता सुर्य खनाल, पब्लिक अफिसर हरि अधिकारी, सदस्यहरु चुन्ना क्षेत्री, कमल भण्डारी लागाएतका समुदायका सदस्यहरुको उपस्थिति थियो।
(Photo- Prem Shah)