कोभिडबारे सीसीएमसीले निर्णय गर्ने, राजदूतमा सिफारिस, केही नियुक्ति

काठमाडौं– मन्त्रिपरिषद बैठकले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक योजना तयार गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सिसिएमसीलाई निर्देशन दिनु भएको छ ।
बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रि परिषदको नियमित बैठकमा प्रधानमन्त्री ओलीले सो निर्देशन दिनुभएको बुझिएको छ ।
सिसिएमसीको संयोजकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक हुनुहुन्छ ।
सिसिएमसी बैठकले योजनासहितको प्रतिवेदन ल्याएपछि त्यस विषयमा छलफल गरेर मन्त्रि परिषदबाट निर्णय लिने बैठकमा छलफल भएको एक मन्त्रीले जानकारी दिनुभयो ।
सोहीअनुसार मन्त्रिपरिषद बैठकले प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्षमा पोखराका पत्रकार दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
त्यस्तै, परराष्ट्र मन्त्रालयका सहसचिव तापस अधिकारी, गेहेन्द्र राजभण्डारी, रामकाजी खड्कालाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको ती मन्त्रीले जानकारी दिनुभयो ।
सोहीअनुसार मन्त्रि परिषद बैठकले युवा तथा साना स्वरोजगार कोषको उपाध्यक्षमा डा। कल्याण रोकालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङका अनुसार, युवा तथा साना व्यवसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा डा।कल्याण रोका नियुक्त हुनुभएको छ ।
चीनको इन्टरनेशलन युनिभर्सिटी अफ बिजनेस इकोनोमिकबाट राजनीतिक अर्थशास्त्रमा विद्यावारिधी गर्नुभएका खोटाङका डा।रोकाले जनसंख्या अध्ययन, समाजशास्त्र, राजनीति शास्त्र र इन्टरनेशलन इकोनोमी कोअपरेशनमा गरी चार विषयमा स्नातकोत्तर गर्नुभएको छ ।
साथै बाढी पहिरोमा परी ज्यान गुमाउनेलाई क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेको सरकारले उपचार गर्ने बैठकले निर्णय गरेको छ । बैठकले घाइते सबैको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...



