नेपालमा संक्रमितको संख्या ३० हजार नाघ्यो

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौँ – आज थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यससहित नेपालमा हालसम्म १८ हजार २१४ जना कोरोना मुक्त भएका छन् ।

नेपालमा हालसम्म १३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।