नेप्लिज रिक्रियसनल क्लब (एनआरसी)को साधारण सभा सम्पन्न 

सुबर्ण शर्माको अध्यक्षतामा नयाँ कार्य समिति गठन 
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
बिबिध खेलकुद गतिबिधिमा सक्रिय भइ खेलको माध्यमले अस्ट्रेलियाको नेपाली समुदायलाई जोडदै आइ रहेको नेप्लिज रिक्रियसनल क्लब (NRC) को हालै बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कोभिड-१९ का कारण प्रत्यक्ष कम अनलाइन उपस्थिति बढी गरि गत अगस्त २२ मा सम्पन्न उक्त साधारण सभाबाट आगामी कार्यकालको लागि सुबर्ण शर्माको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ । समितिका अन्य पदाधिकारीहरुमा दुइ उपाध्यक्षहरुमा- लक्ष्मि श्रेष्ठ र संजय श्रेष्ठ, माहासचिब- अञ्जना सिंह श्रेष्ठ, सचिब- प्रमिला थापा, कोषाध्यक्ष- दिलिप भारती, पब्लिक अफिसर- अजय क्षेत्री चयन हुनु भएको छ ।
त्यसै गरि संस्थाको स्पोर्ट्समा ब्याडम्यानटिन तर्फ संयोजकमा नबिन प्रधान र सह-संयोजकमा लिजन मास्के, टेबल टेनिस संयोजक पवन सोती र सह-संयोजक संचिता दाहाल, गल्फका लागि संयोजक सुदिप बास्तोला र सह-संयोजक प्रनब मैनाली, यसै गरि टेनिसका लागि संयोजकमा बाबु बगाले र सह-संयोजकमा सन्तोष भट्टराई, आइटि संयोजकमा नविन रायमाझी, र कल्चरल संयोजकमा दिपेन्द्र बानियाँ चयन हुनु भएको छ । साधारण सभाले संस्थाका कार्यसमिति सदस्यहरुमा होम पाण्डे, ज्ञानदत्त पोखरेल, ज्योती राजभण्डारी, सुनीता गिरी, कुलदिप प्रधान र बाबुराम पोखरेललाई चयन गरेको छ ।
सिंगो देश र समुदाय नै अफ्ठ्यारोमा गुज्रिरहेको आहिलेको स्थितिमा सबै संगको सरसल्लाहा र सरकारका निर्देशन पालना गर्दै आगामी कार्यक्रमहरु तय हुने नवनिर्वाचित अध्यक्ष सुबर्ण शर्माले द नेपाली टाईम्स अस्ट्रेलियालाई बताउनु भयो । शर्माको अनुसार थप कार्यसमिति सदस्यहरु र सल्लहाकारहरु संस्थाको आगामी बैठकबाट चयन गरिनेछ ।
एनआरसीले अष्ट्रेलिया भित्र आयोजना गर्दै आइरहेको स्पोर्ट्स मिट बिगत केहि बर्ष देखि आफ्नो क्षेत्र अझ फारकिलो पर्दै अन्य बिभिन्न संघ संस्थाहरु संगको सहकार्यमा अष्ट्रेलिया र ओसियाना क्षेत्रका देशहरु मा रहेका नेपाली समुदायका खेल प्रति अभिरुचि राख्ने सबैलाई  समाबेश गर्दै आयोजना गर्दै आइरहेको छ । नेपाली मिनी अलोम्पिक कै झल्को दिने गरि आयोजना गरिएको ओसियाना नेपाली स्पोर्ट्स मीट २०२० हाललाई  कोभिड-१९ का कारण स्थगित छ । संस्थाका गतिबिधि र थप जानकारीका लागि संस्थाको वेब साइट www.nrc.org.au मार्फत प्राप्त गर्न सकिनेछ ।
(Photo: Bishnu hamal)