नेकपा सचिवालय बैठक आह्वान

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलद्वारा बुझाइएको प्रतिवेदनबारे थप छलफलका लागि सचिवालयको बैठक बोलाउनुभएको छ ।
सचिवालय बैठक अगष्ट २९ शनिबारका दिन बस्ने भएको छ ।
प्रतिवेदनमाथि छलफलका लागि सचिवालयको बैठक बोलाइएको हो ।
प्रधानमन्त्री निवासमा हिजो मंगलबार अध्यक्षद्वय ओली र प्रचण्डले महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्नुभयो ।
कार्यदलले गत शनिवार अध्यक्षद्वय ओली र प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो ।
अध्यक्षद्वय ओली र प्रचण्डले नेकपाभित्रको समस्या समाधानका लागि सुझाव दिन दश दिनअघि महासचिव पौडेलको नेतृत्वमा छ सदस्यीय कार्यदल गठन गर्नुभएको थियो ।
प्रतिवेदन उपर स्थायी कमिटी बैठकमा छलफल हुने नेता सुवास नेम्बाङले जानकारी दिनुभयो ।
कार्यदलमा भीम रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भुसाल सदस्य हुनुहुन्थ्यो ।
कार्यदलको प्रतिवेदनले पार्टीमा नयाँ र एकताको सकारात्मक सन्देश दिएको युवा नेताको भनाइ छ ।
पार्टीका केन्द्रीय सदस्य विष्णु रिजाल कार्यदलले बुझाएको प्रतिवेदनप्रति निकै आशावादी हुनुहुन्छ ।
पार्टी विदेश विभागका उपप्रमुखसमेत रहनुभएका नेता रिजालले सहमति र सहकार्यका आधारमा पार्टीलाई निकास दिनुपर्ने कुरामा जोड दिनुभयो ।
युवा नेता तथा राजनीतिक विश्लेषक हरि रोका यसले नेकपालाई निकास दिनेमा विश्वस्त हुनुहुन्छ ।
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...



