यस्तो छ विश्वको पछिल्लो कोरोना अपडेट

जेनेभा– कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ६४ हजार दुई सय भन्दा बढी संक्रमित भएका छन् भने ६ हजार १ सय ५० भन्दा बढीको ज्यान गएको छ ।
मंगलबार २ लाख ३९ हजार ६९२ जना संक्रमित थपिएकामा ५ हजार ८२७ जनाको ज्यान गएको थियो ।
विश्वभर २ करोड ४३ लाख १५ हजार भन्दा बढी संक्रमित पुगिसकेका छन् ।
८ लाख २८ हजार ७ सय भन्दा बढीको ज्यान गइसकेको छ ।
बुधबार सबैभन्दा बढी संक्रमित भारतमा देखिए ।
भारतमा बुधबार अहिलेसम्मकै सबैभन्दा कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।
बुधबार ७५ हजार ९९५ जना संक्रमित थपिएका हुन् ।
त्यसैगरी १ हजार १७ जनाको ज्यान गयो ।
अहिलेसम्म भारतमा ३३ लाख ७ हजार ७४९ जना संक्रमित हुँदा ६० हजार ६२९ जनाको ज्यान गइसकेको छ ।
भारत समग्रमा तेस्रो स्थानमा छ । भारतमा २५ लाख २३ हजार ४४३ जनालाई निको भएको छ ।
समग्रमा शीर्ष स्थानको अमेरिकामा बुधबार ४२ हजार ९७४ जना संक्रमित थपिएर ५९ लाख ९८ हजार ७०२ पुगेका छन् ।
मृतक १ हजार २४३ थपिएर १ लाख ८३ हजार ६०७ पुगेका छन् । ३२ लाख ९६ हजार २९५ जनालाई निको भएको छ ।
दोस्रो स्थानको ब्रजिलमा ४७ हजार ८२८ थपिएर कुल संक्रमित ३७ लाख २२ हजार ४ जना पुगेका छन् । मृतक बुधबार १ हजार ९० थपिएर १ लाख १७ हजार ७५६ पुगेका छन् । २९ लाख ८ हजार ८४८ जनालाई निको भएको छ ।
चौथो स्थानको रुसमा ४ हजार ६७६ संक्रमित थपिएर कुल ९ लाख ७० हजार ८६५ पुगेका छन् । मृतक ११५ थपिएर १६ हजार ६८३ पुगेका छन् । ७ लाख ८६ हजार १५० जनालाई निको भइसकेको छ ।
पाँचौं स्थानको दक्षिण अफ्रिकामा २ हजार ६८४ जना संक्रमित थपिएर ६ लाख १५ हजार ७०१ पुगेका छन् । मृतक १९४ थपिएर १३ हजार ५०२ पुगेका छन् । ५ लाख २५ हजार २४२ जनालाई निको भइसकेको छ ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...