उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपालका उद्योगपति बिनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

चौधरी स्वयंले अहिले दिउँसो १ बजे आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

चौधरीले आफ्नो ट्वीटमा आजै आएको पिसिआर रिपोर्टले आफूलाई कोरोना पोजेटिभ देखिएका बताएका हुन् ।

यद्यपि, उनले आफूलाई संक्रमणको कुनै पनि लक्षण नदेखिएको समेत स्पष्ट पारेका छन् ।

उनीले चिकित्सकको सल्लाह अनुसार आफूलाई आइसोलेट गरेका छन् ।

उनले आफ्नो सम्पर्कमा आउनेहरुलाई सबै सम्भव भएका सम्पूर्ण सावधानी अपनाउन समेत आग्रह गेका छन् ।