नेपालमा थपिए ९ सय २७ जना संक्रमित, कुल ३६ हजार ४५६

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ९ सय २७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितमा ३ सय ३४ जना महिला तथा ५ सय ९३ जना पुरुष छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३६ हजार ४५६ पुगेको जनाएको छ ।

यता, काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा ४ सय १४ जना संक्रमितहरु थपिएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा आयोजना गरेको प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३ सय ५३ जना संक्रमित थपिएका छन् भने ललितपुरमा ५३ तथा भक्तपुरमा ११ जना संक्रमित थपिएका छन् ।