उपत्यकामा छसहित १२ जनाकाे मृत्यु, कुल मृत्यु २०७

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं – नेपालमा कोरोना भाइरसका कारणले हिजो शनिवार १२ जनाले ज्यान गुमाएका छन् ।

तीनमहिला र नौजना पुरुषको भाइरसका कारणले मृत्यु भएको हो ।

योसँगै यसरी ज्यान गुमाएकाहरुको सङ्ख्या २०७ पुगेको छ ।

नेपालमा कोरोना भाइरसले मृत्यु भएको शुन्य दशमलब ५५ प्रतिशत पुगेको छ ।

पाल्पामा ३० वर्षीया, काठमाडौंमा ५१ वर्षीया र भक्तपुरमा ६२ वर्षीया महिलाको मृत्यु भएको हो ।

यस्तै, पर्सामा ४८ र ४९ वर्षीय, सिरहा ८४ वर्षीय , गोरखा ३८ वर्षीय, कास्कीमा ५८ वर्षीय , काठमाडौं ४३ वर्षीय र ललितपुरमा ७२ र ६१ वर्षीय पुरुष र भक्तपुर ८२ वर्षीयको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा २४ घण्टामा छजनाको मृत्यु भएको छ ।