नेपालमा थपिए ८ सय ९९ संक्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ९९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

थप ३०३ महिला र ५९६ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३९ हजार ४६० पुगेको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा ५८८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । \

योसँगै कुल निको हुने दर ५४ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २१ हजार ४१० पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू सात हजार ३३७ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ७ जनाको निधन
कोरोना भाइरस संक्रमणको कारण नेपालमा पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा तीन जना महिला तथा ४ जना पुरुषको निधन भएको हो ।

मन्त्रालयका अनुसार ज्यान गुमाउने महिलाहरुमा महोत्तरीकी चार वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला तथा रुपन्देहीकी ६८ वर्षीया महिला छन् ।

त्यस्तै ज्यान गुमाउने पुरुषहरुमा झापाका ८६ वर्षीया, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय तथा भक्तपुरका ७७ वर्षीय छन् ।