इसाइस समुद्री आँधी फ्लोरिडा नजिक

इसाइस समुद्री आँधी सहितको भिषण वर्षाले बहमासमा बाढी र डुबानको स्थिति सिर्जना भएको छ । अमेरिकी जलवायु विज्ञानका अनुसार यो आाधी कोरोनाभाइरसका कारण समस्या झेलिरहेको फ्लोरिडा नजिक आइपुगेको छ । बहमासमा करिब २० सेन्टीमिटर वर्षा हुने अनुमान गरिएको छ । स्थानीय समय अनुसार शनिबार अपराह्न २ बजेसम्म इसाइस आाधीको सर्वाधिक वेग १२० किलोमिटर प्रतिघण्टा रहेको छ । फ्लोरिडाको तटिय क्षेत्रमा आइतबार बिहान आाधी आइपुग्नु अगाबै समुद्री क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले फ्लोरिडामा वर्षा केही कमजोर हुने अनुमान पनि गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समुद्री आाधी आउनुअघि नै फ्लोरिडामा आपतकालीन स्थिति घोषणा गर्नु भएको छ । आपतकाल घोषणाका कारण फ्लोरिडा राज्यले संघीय सरकारबाट तत्काल आर्थिक सहायता प्राप्त गर्न सक्नेछ । फ्लोरिडा राज्यका गभर्नर रन डिसान्टीसले इसाइस आाधी तटीय क्षेत्रमा आइसकेकाले आम जनतालाई सचेत रहन आग्रह गर्नुभएको छ । अमेरिकी अन्तरिक्ष केन्द्र (नासा) ले पनि आाधीको सावधानीपूर्वक अध्ययन गरिरहेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई जना अन्तरिक्ष यात्री मेक्सिको खाडी क्षेत्रमा आइतबार अवतरण गर्ने कार्यक्रम छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...