न्याभमा नयाँ नेतृत्व

राम गुरुङको अध्यक्षमा चयन 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, भदौ १७, २०७७
१९९७ मा स्थापना भएर भिक्टोरियाका नेपालीहरु बीच सधै अभिभाबकको रुपमा रहेको अष्ट्रेलियाको नेपाली समुदाय कै पुरानो संस्था नेप्लिज एसाेसिएसन अफ भिक्टोरिया (न्याभ ) ले  २०२० -२०२२ कार्यकालको लागि नयाँ नेतृत्व चयन गरेको छ।
डा अनुपम पोख्रेलको नतृत्वको निर्बाचन समितिले सर्ब सम्मत रुपमा चयन गरेको नौ सदस्यीय कार्यसमितिको अध्यक्षमा राम गुरुङ,उपाध्यक्ष खुल्ला तर्फ प्रेम राज उप्रेती र उपाध्यक्ष महिला तर्फ मनमाया गुरुङ, कोषध्यक्षमा एकिन्द्र प्रसाद तिमिल्सिना चयन भएका छन् भने सदस्यहरुमा विदुर शर्मा गिरी, गंगा आचार्य काफ्ले, हेमराज चालिसे, कृष्ण चालिसे र नविन श्रेष्ठ चयन भएका छन्।
निर्बाचित नयाँ कार्यसमितिले सेप्टेम्बर १२ हुने न्याभको बार्षिक साधारण सभाबाट औपचारिक कार्यभार ग्रहण गर्ने संस्थाले जनाएको छ।