थप एक हजार १२० सङ्क्रमितसहित ४१ हजार ६४९

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपालमा बुधवार एक हजार १ सय २० जना कोरोना सङ्क्रमित थपिएका छन् ।

थप ३२० महिला सहित ११२० जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ४१ हजार ६४९ पुगेको जनाइएको छ ।

सकृय सङ्क्रमितहरू १८ हजार १०८ रहेका छन् ।

संस्थागत आइसोलेसनमा दश हजार ४९३ रहेका छन् ।

पछिल्लो २४ घण्टामा एकहजार ११२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

योसँगै कुल निको हुने दर ५६ प्रतिशत छ ।

कुल डिस्चार्ज भएकाहरू २३ हजार २९० पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् ।

यसरी बस्नेहरू छ हजार ७६६ रहेका छन् ।