नेपालमा थपिए १३ सय ५९ नयाँ संक्रमित, १४ को निधन

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा १३ सय ५९ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा आयोजना गरेको प्रेस ब्रिफिङ कार्यक्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उक्त कुराको जानकारी दिनु भएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।

यसैबीच, नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको दुखद निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार योसंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या २ सय ७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ महिला तथा १० जना पुरुषहरुले ज्यान गुमाएका हुन् ।

महिलाहरु मध्ये तीन जना काठमाडौंका (२२, ६७ तथा ८२ वर्षीया) तथा चितवनकी एक जना ३५ वर्षीया महिलाको दुखद निधन भएको हो ।

त्यस्तै यो अवधिमा ज्यान गुमाउने पुरुषहरुमा सप्तरीका ५५ वर्षीय दुई जना, धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय तथा सुर्खेतका ४२ वर्षीय पुरुष छन् ।

यो अवधिमा काठमाडौं उपत्यकामा ४ सय ५४ जना संक्रमित थपिएका छन् ।
डा. गौतमका अनुसार यो अवधिमा काठमाडौंमा ३ सय ८६, ललितपुरमा ३२ तथा भक्तपुरमा ३६ जना संक्रमित थपिएका हुन् ।