राजीनामा दिँदै अर्थमन्त्री डा. खतिवडा

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले आज साँझसम्म पदबाट राजीनामा दिने बताउनु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आजको मन्त्रिपरिषद बैठकमा उहाँले सो कुरा बताउनुभएको बालुवाटार स्रोतले बताएको छ ।

राष्ट्रियसभामा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारको सचिवालय बैठकमा राष्ट्रियसभामा लैजाने बताउनुभएपछि अर्थमन्त्री डा। खतिवडाले पदबाट राजीनामा दिन लाग्नुभएको हो ।

उहाँको कार्यकाल शनिबार राति १२ बजे सकिँदैछ ।

आजको मन्त्रिपरिषद बैठकमा सहभागी हुनुभएका मन्त्री खतिवडालाई प्रधानमन्त्री ओलीले महत्वपूर्ण जिम्मेवारीका लागि धन्यवाद व्यक्त गर्नुभएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गोरखापत्र अनलाइनलाई जानकारी गराउनुभयो ।

उहाँकाअनुसार मन्त्री खतिवडाले बैठकमा आजै राजीनामा दिने बताउनुभएको थियो ।

सोहीअनुसार वर्तमान मन्त्रिपरिषद् तत्कालै परिवर्तन नहुने भन्दै प्रधानमन्त्री ओलीले आत्मविश्वासका साथ काम गर्न मन्त्रीहरूलाई आश्वास्त पार्नुुभयो ।

खाली ठाउँमा मन्त्री राख्न आवश्यक भएपनि मन्त्रिपरिषद फेरबदल नहुने प्रधानमन्त्रीले भन्नुभएको थियो ।

आजको बैठकले नेकपा उपाध्यक्षको नाम राष्ट्रिय सभाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भनिए पनि त्यसबारे केही जानकारी गराइएको छैन ।