२०२० सेप्टेम्बर महिनाकाे राशीफल

-- ज्याेतिष , राजु शर्मा भेटवाल / प्रकाशित मिति : शुक्रबार, भदौ १९, २०७७

मेष
सेप्टेम्बर महिनाले धेरै समस्याहरूबाट मुक्त हुन मद्दत गर्दछ । नवौं घरमा गुरु र केतु ग्रह को प्रभावशाली र प्रगतिशील भाग्यलाई साथ दिने छ । सबै रोकिएका कामहरु सवै पुनः सुरु हुनेछन् र केही बाधा अडचनहरु स्वतः खारेज हुनेछन् । आध्यात्मिक र धार्मिक चिन्तनतिर मन झुकाउनुहुनेछ । धार्मिक कार्यमा सफलता मिल्ने छ भने केही धार्मिक गुरुहरु का लागि समय उत्तम देखिदैन साथ साथै गुरु केतुको चणाल दोशको कारणले गर्दा २३ तारिकसम्म सम्बन्धमा केही सवधानी रहनु उचित हुनेछ । २ देखि २१ तारिकसम्म वुध ग्रहको योग कारक स्थितीका करणले शत्रुसँगको बिजय अदालतका कार्यमा सफलता मामा काकाबाट सहयोग प्राप्त हुनेछ भने १६ तारिक पछि सूर्य ग्रह पुनः रोग भावमा रहनाले ठुलो निर्णय गर्दा बिचार गर्नु होला लामो यात्रा गर्दा बिशेष सावधानी रहनु होला । आफ्ना बुद्धिमान मित्रहरूबाट सहयोग लिन नहिचकिचाउनुहोस् साथै केही विवादबाट टाढा रहनु नै उत्तम हुनेछ । शनी ग्रह पराक्रम भावमा शश योग निर्माण रहनाले व्यवसायमा उत्कृष्ट सफलता पाउनुहुनेछ । राजनीतिमा व्यक्तिहरू केही उच्च पदमा पदोन्नती हुन सक्छन् । काम काजमा पदउन्नती हुनेछ आफ्नो कार्य छेमता को मुल्यङ्कान हुनेछ । तर आफ्नो रिस लाई नियन्त्रण गर्नु होला । विद्याथी वर्ग को लागि समय राम्रो छ । बिदेश मा स्थाइ वसोवास का लागि केही अवसर प्राप्त हुनेछ । २२ तारिक पछि राहु ग्रह धन भाव मा रहनाले केही आर्थिक कुरामा सवधानी राख्नु होला सियर बजार मा लगानी गर्दा समय राम्रो देखिदैन । सुख र कर्म भावमा शुक्र ग्रह योग कारक स्थिति रहनाने कलाकर्मी, संगीत र लेखकका लागि समय राम्रो हुनेछ सदुप्रयोग गर्नु होला । १ र ८ अंक, रातो रङ, उत्तर पूर्वको दिशा र हनुमान जि को आराधाना गर्नु होला ।

वृष
यो महिना कामका लागि केही प्रयासहरु गर्नु पर्ने देखिन्छ नयाँ काम प्राप्त गर्न केही समस्या देखिने छ । नयाँ तारिकाले सोचविचार गरेर मात्र नयाँ लगानीको प्रयास गर्नु होला । २ देखि २१ तारिक सम्म वुध ग्रह योग कारक अवस्थामा पञ्चम राजयोगमा रहने भएकाले विद्यामा सफलता मिल्ने छ । टेक्निकल फिल्डमा सफलता मिल्ने छ । सन्तान प्रप्तिका लागि समय उत्तम देखिन्छ । आफ्ना सन्तानले प्रगति गरेर आफूलाई खुसी दिनेछन् साथै प्रेम सम्बन्धमा धेरै खुसी प्राप्त हुनेछ । लामो यात्रा केही सावधनी रहनु होला अन्यथा केही अवरोध भने पक्कै देखिन्छ । मंगल ग्रहको १२ घरमा रहनाले केही आफ्नो अनाबस्यक कुरामा धन र मन जानेछ । केही खर्च र ऋण बढ्ने देखिन्छ होसियार रहनु होला । साथै केही अनिन्द्राको समस्याले यो महिना पनि सताउने देखिन्छ योगा ध्यान कर्म गर्नु होला । २३ तारिकसम्म गुरु केतुको चण्डाल दोष रहनाले बिशेष गरी ससुराली सँगको सम्बन्धमा केही चिसोपन आउन सक्ने छ । वैवाहिक जीवनमा केही समस्या रहन सक्छ । चिन्ता बड्ने छ । होसियारी नपुग्दा केही अपमान पनि सहनु पर्ने छ । बिदेश गमनमा यो समय सहयोग रहने छ । २२ पछि चण्डाल दोष बाट मुक्त रहने छ । सुर्य ग्रह मजवुत रहने छ कुनै पनि कार्य गर्दा पिता सँग आशिर्वाद प्राप्त र मार्गदर्शन प्राप्त गर्दा मनमा खुसी हुनेछ सम्भावित गलत निर्णय गर्नबाट आफुलाई जोगिन सहयोग गर्नेछ । धर्मकर्म भाग्य पापपुण्य आदि कुरामा आफ्नो तर्क प्रस्तुत गर्दा विशेष सफलता मिल्ने छ । धार्मिक यात्रा तथा धार्मिक क्षेत्रमा गरिने सेवाले मन खुसी हुनेछ । १ देखि २७ शुक्रको तेस्रो घरको भ्रमणले गर्दा केही छिमेकी सँग सम्बन्धमा चिसोपन आउने छ केही मृत्युको भय पनि रहने छ । दाजु भाइ सँग र दिदी बहिनी सँग सकभर राम्रो सम्बन्ध बनाउने प्रयास गर्नु होला । केही आँखा सम्बन्धी समस्या आउन सक्नेछ समयमै र चन्द्रमा सप्तमेश रहनाले केही साझेदारी व्यापारमा फाईदा हुने कुरा नकार्न सकिदैन । फलाम र कागजको ब्यापारमा केही नोकशान भए पनि महिनाको अन्त्यतिर फाईदा हुनेछ । नयाँ घर तथा वहानको सुख प्राप्त होला । मेडिसिन क्षेत्रमा काम गर्नेले खोज अनुसन्धानमा ठूलो फड्को मार्ने देखिन्छ प्रयास गर्नु होला । २ र ७ अंक, सेतो रङ, दक्षिण पश्चिमको दिशा र माता दूर्गाको आशिर्वाद प्राप्त हुनेछ ।

मिथुन
कर्मको आधारमा जीवनको भाग्य निर्धारणा हुने गर्दछ । यो महिना सुरुवातमै भन्ने भद्र राजयोग २ देखि २१ सम्म समय तपाईंको साथमा रहने छ । जुन सुकै तरिकाबाट दीर्घकालिन फाईदा हुने काममा आफूलाई समाहित गर्नु होला । घर गाडी र आरामको सुख मिल्ने छ । पशुपालन अर्गानिक खेतीमा राम्रो सफलता मिल्ने देखिन्छ । जमिन पुर्खौली सम्पत्तिमा आफूलाई वुध ग्रह प्रवाभशाली शक्ति प्रदान हुनेछ । तर आमाको स्वस्थ्यमा बिशेष ख्याल गर्नु होला र सकभर समय दिनु होला । केही छाती दुखाइको समस्या पनि आफ्नो लागि नरहला भन्न सकिन । चिसो र बाहिरी खानपिनबाट बिशेष सावधानी राख्नु होला । १६ तारिकसम्म सूर्य ग्रह केही कमजोर रहने छ दाजुभाइ सँगको लेनदेनमा केही समय पर्खिनु राम्रो देखिन्छ नत्र विवादको स्थितिलाई नकार्न सकिदैन । केही ठुलो अवसर प्राप्त हुनेछ तर आफ्नो केही कमजोरीका कारणले समय धेरै लाग्ने छ । प्रथम भावमा राहुका कारणले स्थान परिवर्तन शरीरमा केही आलस्यता र केही मनोवल कमजोर रहने स्थिति हुनेछ । पेटको विकारले सताउने छ । सप्तमेश गुरु चन्द्रमाको गजकेशरी योग २२ तारिक पछि मात्र ब्यवसाय केही ठुलो लगनी को वारेमा बिचार बिमर्श गर्न सक्नु हुनेछ । केही गुप्त रोगले दुःख दिनेछ र हराएको धन प्राप्त हुनुको साथै कानुनी कुनै पनि प्रकारको झमेलाबाट मुक्त हुने योग देखिन्छ त २२ तारिक अगाडि गुरु केतुको चन्णल दोषले केही समस्या भने नकार्न सकिन्न । मंगल् ग्रहको स्व ग्रही लाभ स्थानमा रहनाले केही सेयर बजारमा ठूलो सफलता मिल्न सक्ने देखिन्छ । सरकारी सेवाको प्रबेश र पदोन्नती प्रसस्त देखिन्छ प्रयास गर्नु होला । महिनाको अन्त्य तिर केही मसिनरी क्षेत्रका व्यवसाय गर्नेहरु का लागि भने केही फाईदा हुनेछ । र पोशक तथा छाला उद्योगमा पनि सफलता रहने छ । अन्त्यमा सानी ग्रहको सप्तम दृष्टि धन स्थानमा रहने र राहु ग्रह प्रथम भावमा भएकाले यो महिना बिशेष सरकारी सेवामा कार्यरत ठूलो ओहदामा रहने व्यक्तिको लागि केही अनिष्टको संकेत रहेकाले केहीले जेल जीवन विताउने छन् र आकुत सम्पत्तिले दुःख दिने छ । ३ र ६ पहेलो रङ पश्चिम दिशा र श्री गणेश जि को आशिर्वाद लिनुहोला ।

कर्कट
वर्तमानमा तपाईंले गरेको सबै सत्कार्य र कर्मले नै तपाईंको भाग्य वदल्न सक्छ । २ देखि २१ तारिकसम्म वुध योग कारक अवस्थामा तपाईंलाई कला साहित्यमा परिचित गराउने छ । धेरै ठूलो पुरस्कार प्राप्त हुनेछ मनसम्मान प्राप्त हुनेछ । देशको प्रमुख ब्यक्तिको लागि समय उत्तम छ सरकारी तथा निजामती सेवामा काम गर्ने ब्यक्तिहरु को लागि केही प्रयासका वावजुत पदोन्नती हुनेछ । नयाँ रोजगरी प्राप्त गर्ने समय रहेको छ । मंगल ग्रहको कर्म स्थान पञ्चमहापुरुष रुचक राजयोग भएकाले काम सँग रहेको समस्या सकिने छ । काममा पदोन्नती तथा नयाँ अवसर जिम्मेवारी प्राप्त हुने देखिन्छ प्रयास गर्नु होला । राजनीतिक क्षेत्रमा केही अवरोध भने देखिन्छ । सैनिक सेवामा प्रबेश गर्ने समय राम्रो प्रवल देखिन्छ । स्वास्थ्यमा बिशेष सवधानी हुनु होला दूर्घटना र चोटपटकको योग पनि उत्तिकै देखिन्छ । लामो यात्रा गर्दा अली सावधानी राख्नु होला । केही वैवाहिक जीवनमा केही विवाद देखिन्छ कम बोल्नु होला । धोका दिनेहरु प्रसस्त रहने छन् । यो महिना आश्वाशन दिनेहरु बाट टाढा रहनु नै राम्रो देखिन्छ । २३ तारिक पछि रहु ग्रहले केही दुःख दिनेछ केही पैसाको मामिलामा अली सगज रहनु होला र ठगिनबाट चनाखो भएर लेनदेन गर्नु होला । अनाबस्यक खर्च र ऋणबाट जोगिने प्रयास होला । माया प्रेम सम्बन्धमा यो महिना तपाईंका लागि समय उत्तम नै देखिन्छ । केही नयाँ सम्बन्धहरु जोडीन पनि आउने देखिन्छ । महिला वर्गहरुहरु का लागि केही स्किन सम्बन्धी समस्याले पनि दुःख दिन सक्ने छ । प्रथम भावको शुक्र केही कमजोर रहने छ । फ्लिम कलाकारिता क्षेत्रमा केही असवधानीका कारणले केहीले मानसिक तनाव पनि भोग्नु पर्ने देखिन्छ । र यो प्रकारको क्षेत्रमा मुनफा हुन बिल्कुल समय देखिदैन । फलाम र गाडीको ब्यापारले ठूलै मुनाफा दिनेछ । तर शिक्षा क्षेत्रको लगानी यो समय राम्रो देखिदैन । दूग्ध तथा कपास उद्योगमा राहत मिल्ने छ । सप्तम शश योगले खुद्रा ब्यापार गर्नेहरुका लागि बाटो खुल्ने छ । १६ तारिकसम्म सूर्य ग्रह धन स्थानमा रहने छ धनको अभाव केही हदमा काम हुनेछ तर १६ तारिक पछि विद्यार्थी वर्गहरुका लागि आर्थिक जोहोका लागि कठिनाइ हुने देखिन्छ । विदेश सेटेल्मेन्टका लागि यो महिना अवसर कम प्राप्त हुनेछ । सरुवा रोग बाट जोगिनु होला । ०४ अंक सेतो रङ, पूर्व, दक्षिण दिशा र शिवजीको आराधाना गर्नाले मनमा खुसी मिल्ने छ ।

सिंह
सफलताको कथा सुन्नु भन्दा तपाईंको सफलताको कथाहरु अरुका लागि प्रेरणा बनोस् । यो महिना प्रथम भावमा सूर्य ग्रहको स्वग्रही मित्र राशीमा रहनाले लामो समयदेखि रहेका समस्याहरूबाट मुक्त हुनुहुनेछ । कुनै पनि प्रतिस्प्रर्धी परीक्षामा सफलता मिल्ने छ । साथीहरूले तपाइँलाई धेरै ठूलो सहयोग गर्नेछन् महिनाको सुरवातदेखि नै विवेक मन कर्मले काम गर्ने छ । केही नयाँ प्रोजेक्ट सुरू वा सुरू गर्न सक्नुहुनेछ । कार्यस्थलमा तपाईंको वरिष्ठहरू तपाईंको पक्षमा रहनेछन् । आफन्तहरूसँग सकारात्मक सम्बन्ध कायम राख्नुहोस् । केही आँखा सम्बन्धित समस्या सताउने छ । नयाँ कलात्मक सीपहरू सिक्ने प्रयास गर्नुहुनेछ । धार्मिक गतिविधिहरूमा मन जानेछ । १६ तारिक पछि केही बद्लावको अवस्था देखिने छ । केही आर्थिक मामिलामा केही झमेला देखिन्छ । ठूलो प्रयासको बाबजुत पनि सफलता मिल्न केही कम सम्भावना देखिन्छ । प्रेम सम्बन्धमा केही तीतोपन आउन सक्छ । धोका बद्ला जस्तो भावना विकसित हुनेछ । जिम्वेवारीपन आफूमा कम देखिन्छ । काम कुरो एकातिर कुम्लो वोकी ठिमी तिरको स्थिति रहने छ । तर २१ तारिक पछि जव चन्णल दोषको पञ्चम बक्रगत रुपमा केतु सुख स्थानमा रहन्छ गुरु ग्रह पञ्चम भई विद्यार्थी वर्गको लागि ठूलो सफलता मिल्ने छ । सन्तान सुख मिल्नेछ । दैविक शक्ति प्राप्त हुनेछ । प्रयास गर्दा राजनीति मिडिया क्षेत्रमा काम गर्ने ब्यक्तिको लागि सफलता मिल्नेछ । सोसल मिडियामा आफूलाई चर्चित बनाउने छ । लेखक साहित्यकारको लागि पुस्तक विमोचन जस्ता कार्यमा सफलता मिल्नेछ । खेल क्षेत्रका खेलाडीहरु का लागि केही अवसर प्राप्त हुनेछ । महिनाको अन्तिम हप्तान्त केतु सुख स्थानमा रहने र बक्रगत प्ररक्रमेश रहनाले मातापिताको ख्याल गर्नु होला । केही काम काजमा र सवारी साधन चलाऊदा बिशेष ध्यान दिनु होला केही चोटपटकको सम्भावना देखिन्छ होसियार रहनु होला । कम्प्युटरमा लामो घण्टा काम नगर्न वा मोबाइल फोनमा धेरै समय खर्च गर्नबाट बच्नुहोस् । महिनाको अन्त्य तिर केही परोपकारी काममा मन जानेछ स्वग्रही मंगलको बिशेष कृपा तपाईंलाई देखिन्छ भाग्य यो महिना पनि देखिन्छ प्रयास जारी राख्नुस् । ०५ अंक रातो रङ पूर्व दिशा र श्री विष्णु नारायणको आराधानाले मनमा खुसी दिनेछ ।

कन्या
सफल व्यक्ति जो व्यक्ति हुन्छ जस्ले समयको उचित प्रयोग गर्दछ । २ देखि २१ तारिक प्रथम भावमा रहने भद्रा पञ्च महापुरुष योगले जीवनमा प्रयास गर्दा अपुरा कार्यहरुले पूर्ण पाउनेछन् । शरिरमा केही जोशजाँगर आउने छ । दैनिकीमा परिवर्तन रहने छ । आफ्नो स्वस्थ्यमा केही बद्लाव आउनेछ । योगा ध्यानमा मन जानेछ । लेखन कला अनि विचारमा परिवर्तन आउनेछ । केही ब्यापार गर्ने साथीहरु ले सफलता प्राप्त गर्ने छन । शिक्षा क्षेत्रमा सफलता मिल्ने देखिन्छ प्रयास गर्दा शिक्षण पेशामा पदउन्नती तथा सम्मन प्राप्त गर्ने योग छ । सन्तानको सुख मिल्ने छ तही पनि १६ तारिक सम्म व्यय स्थानको स्व ग्रही सूर्य कमजोर भएमा केही निराशापन तथा एक्लोपन अवस्य रहनेछ । बिदेशमा एक्लो महसुस रहनेछ गलत निर्णयका करण परिवार दुःख पाउनेछन । कुनै पनि कार्य गर्दा गुरुमन्य परिवारको मार्गदर्शन प्राप्त गरेर कार्य गर्नु होला । पञ्चम भावबाट शनिग्रहको दृष्टि सुर्य ग्रह कमजोर रहने भएकाले केही हानी व्यसन अपव्यय मिथ्या भ्रमण भने अवस्य देखिन्छ होसियार रहनु नै तपाईंका लागि उत्तम देखिन्छ । चन्द्रमा र शुक्र ग्रहको आय भावमा युती र केही परिवर्तित ग्रहगोचारले मामाहरु र ससुराली तर्फबाट केही आभुषण तथा केही महँगो उपहार प्राप्त हुनेछ । केही आर्थिक स्थितिमा परिवर्तन हुनेछ गरगहना खरिद गर्ने समय रहन्छ तर सरसामन हराउने जोखिम पनि रहेकाले बिचार गर्नुहोला । घरमा नयाँ सन्तानको आगमनले मन मा खुसी दिने छ । सन्तान प्राप्त गर्ने योगपनी रहेकाले प्रयास गर्नुहोला । माया प्रेम वैवाहिक जीवन खुसी नै रहन्छ । राहु को प्ररक्रमेशबाट नवम भावमा २३ तारिक पछि बिदेशमा रहनेहरुका लागि दीर्घकालिन बसाइको लागि अवसर प्राप्त हुनेछ र बिदेश यात्रा को बाटो खुल्ने छ । यो नयाँ घर किन्दा या नयाँ घरमा प्रबेश गर्दा ६, ८, १२ को स्थितिबाट टाढा रहनु होला । पितृ कार्यको लागि केही समय दिनु पर्दा मन खुसी हुनेछ । पितृ कार्यमा गरीब तथा भोका निमुखाको सेवा गर्दा ठूलो पुण्य प्राप्त हुने देखिन्छ २३ तारिक पश्चात केही कानुन अध्ययन गर्नेहरुका लागि समय राम्रो रहेकाले समयको सदुपयोग पनि गर्नु होला । मुटुरोगी, दम, रक्तविकार र युरिक एसिड का बिमारीहरुका लागि समय आफू जोगिने समय रहेको छ र केही सरुवा रोग हरुमा बिशेष सवधनी राख्नु होला । ३ र ८ हरियो रङ,दक्षिण दिशा र श्री गणेश देवको आराधना गर्नुहोला

तुला
आत्मबिश्वासको कम हुनुनै अन्धबिश्वासको प्रमुख कारण हो त्यसैले जीवनमा आत्माबिश्वास राख्नुस् अन्धबिश्वास हैन । २ देखि २१ तारिकसम्म बुध ग्रहको खर्च र ऋणको भावमा स्वग्रही रहनले लामो समयदेखि रहेको पुरनो ऋणले दुःख दिनेछ र त्यसलाई चिक्ता गर्ने समय आएको छ । केही आर्थिक क्षेत्रबाट केही असुलउपर स्वरुप केही अपमान सहनु पर्ने छ तर जीत तपाईं कै हुनेछ । सहयोग गर्न परिवारले साथ दिनेछ साथै दाजुभाइको सहयोग प्राप्त पनि हुनेदेखिन्छ । यो महिना खर्चको बाटोहरु कम देखा पर्नेछ । सन्तानको सफलताले मनमा खुसी तथा गर्व गराउने छ । शनिग्रहको चतुरुस्थान केन्द्र सुख भाव र राहु ग्रहको नवम भावमा रहनाले यो महिना बिदेशमा सेटल्मेन्टका कार्यहरुमा सफलता मिल्ने छ । अपुरा कार्यहरु पूर्ण हुनेछन । साथीभाई मित्र छरछिमेकीको सहयोग प्राप्त हुनेछ । शनिग्रहको शस योगले कुनै पनि भूमि वहान सुख प्राप्त गराउने छ । आमाको बिशेष ख्याल गर्नु होला । राहु कारक र भाग्य भई पितृ कार्यको लागि केही समय दिनु पर्दा मन खुसी हुनेछ । पितृ कार्यमा गरीब तथा भोका निमुखाको सेवा गर्दा ठूलो पुण्य प्राप्त हुने देखिन्छ २३ तारिक पश्चत । यो महिना कुनै पनि व्यापार बिजनेसको डिल गर्न महिला सहकर्मीको सहयोग प्राप्त गर्नुहोस् । तर केही समय पर्खिदा राम्रो अवसर र धन प्राप्त हुनेछ व्यपारिक घरहनाको लागि । सप्तम रुचक राजयोग निर्माण भए पनि केही वैवाहिक जीवनमा ठूलो समस्या आउन सक्ने भएकाले कम बोल्नु होला । एकअर्काको भावनालाई सम्मन गर्नुहोला अन्यथा वैवाहिक जीवन पारपाचुके सम्म पुग्ने छ । केही अन्तरजातिया विवहा र समलिङी सम्बन्धले सामाजिक सहयोग प्राप्त गर्ने समय रहेको छ । आफ्नो कुरा गोप्य नै राख्नु होला अन्यथा केही समस्या निम्तिन सक्नेछ । २३ तारिक अगाडि मेडिसिनको खोज अनुसन्धान गर्ने व्यक्तिहरुका लागि राम्रो गुरु दिब्य प्राप्त हुनेछ प्रयास गर्नुहोला । साथसाथै आफ्न भाइ बहिनी दिदी दाजु बीचमा राम्रो सम्बन्ध राख्नुहोस । विद्याका लागि केही अवरोध आउने भएकाले केही आफ्नो समय अध्ययनमा दिनुपर्ने देखिन्छ र महिनाको अन्त्यतिर अनिन्द्रा र मानसिक तनाव देखिने भएकाले योगा ध्यानतिर र शारिरीक कसरतमा ध्यान दिनुहोला । खनपिनमा बिशेष ध्यान दिनु होला । मध्यपान तथा धुम्रपानबाट टाढा रहनु होला । फर्निचार तथा काठ व्यवसायले ठूलो फडको मार्ने छ । र महिनाको अन्त्यतिर केही पारिवारिक यात्रा पनि देखिन्छ । २ र ७ अंक सेतो रङ पश्चिम दिशा र श्री दुर्गा माताको आराधना गर्नु होला ।

वृश्चिक
दुःख र सुख जिन्दगीको प्रयावाची शब्द हुन यही मूल सारले नै जीवन जिउन सिकाउछ मेहेनत गर्न र आत्मबिश्वास दिलाउँछ । १ देखि २१ तारिकसम्म स्वग्रही वुध ग्रह आय स्थान रहनु र कुनै पनि परिवर्तित ग्रहगोचरको दृष्टि नरहने कारणले तपाईंको यो महिना आर्थिक स्थिति मजबुत रहने छ । सवै प्रकारका आर्थिक मामिलाहरु सफल हुनेछन । केही व्यक्तिहरु ले सुझवुझका साथ गरीएका सेयर बजारको लगानी सफल हुनेछन । केही आर्थिक सफलता प्राप्त हुनेछ । मसिनरी कार्य वहान सुख र केही सम्पत्ति जोडीने समय रहेको छ । तर केही आफ्नो जिम्वेवारी प्रति केही सचेत हुनुपर्ने देखिन्छ । नयाँ काम पाउनुको साथै काममा नयाँ भूमिका प्राप्त हुनेछ । व्यपारिक साझेदरीमा ठूलै सफलता मिल्नेछ । २३ तारिक पछि वक्रगत रुपमा केतु ग्रहले गुरु ग्रहको साथबाट प्रथम भावमा रहनाले २३ तारिक पछि नयाँ घरको प्रबेश उत्तम देखिन्छ । घरमा केही मंगलिक कार्यका साथै केही पितृ कार्यमा आफ्नो मन जानेछ । केतुको प्रथम भाबको स्थिति र राहु अष्टम भावबाट चन्द्रमा मुक्त हुँदा २३ तारिक अगाडि केही स्वस्थ्य स्थिति कमजोर भए पनि त्येस पश्चात केही स्वस्थ्य मा सुधार हुनेछ । मनको दोधारपन हट्नेछ । केही आफ्नो जीवनसँगनी सँगको विवाद सम्य हुनेछ । आमाको स्वस्थ्यमा सुधारले मन खुसी हुनेछ । यो महिना बिशेष सरुवा रोगबाट सावधान रहनुहोला अन्यथा केही ठूलै समस्याको शिकार हुनुपर्ने देखिन्छ । १६ तारिकसम्म ग्रहका राजा सूर्यदेवको ठूलो कृपा रहनेछ । पिताको माया सम्मन र सहयोग प्राप्त हुनेछ । सरकारी सेवाको प्रबेशमा सफलता मिल्नेछ । सामाजिक कार्य तथा समाजकल्यणका कामबाट सामाजिकरुपमा ठूलो सम्मन मिल्ने पकै देखिन्छ । २३ तारिक पश्चात चै केही ब्यपार गर्नेहरु ले असफलता प्राप्त गर्ने छन । फुड व्यवसाय तथा पशुपालन ले चै भने सफलता प्राप्त गर्नेछन । महिनाको अन्त्यतिर दाजुभाई सँग राम्रो सम्बन्ध रहन केही प्रयास गर्नुहोला अन्यथा ठुलो विवाद रहनसक्छ पैतृक सम्पत्तिमा यो महिना हतार नगर्दा नै उत्तम हुनेछ । लामो यात्रा महिनाको अन्त्यतिर गर्दा बिशेष सवधनी राख्नु होला । पढइ तथा अध्ययन यो महिना केही विचलित हुनेछ । माया प्रेमको सवालमा हतारमा गरेको निर्णय गलत सावित हुने देखिन्छ सावधान रहनु होला । र यो महिना कुनै प्रकारबाट सरकारी अनुधान प्राप्त हुने शुभ योग परेकाले प्रयास गर्दा सफलता भने अवस्य मिल्नेछ । १र८ अंक रातो रङ पूर्व, उत्तर दिशा र श्री हनुमानदेवको आराधना गर्नुहोला ।

धनु
जव तपाईं आफ्नो आतित र आउने भविष्यको कुरा लियर चिन्तित हुनुहुन्न तव तपाईं सफल हुनुहुनेछ । २ देखि २१ तारिकसम्म कर्म भावमा भद्र योग रहनाले म्यानेजमेन्ट खुबीका कारणले कार्य स्थलमा आफ्नो योगदानको कदर हुने समय रहेको छ । ई कमर्श र आइ टि क्षेत्रमा काम गर्ने ब्यक्तिहरु को लागि समय राम्रो रहेकोछ । खोज अनुसन्धानमा दीर्घकालिन फाईदा हुने मूलमन्त्र प्राप्त हुनेछ । पिताको पदोन्नती हुनेछ । र मन सम्मानबाट प्राप्त रकम गरीब निमुखको सेवामा समर्पित गर्नु तपाईंका लागि राम्रो हुनेछ । प्रथम भावमा रहेको गुरु केतुको युती र सप्तम राहुको प्रथम दृष्टिले २३ तारिकसम्म केही वैवाहिक जीवनमा केही दुःख दिने र सन्तानको चोटपटकको सम्भावना पूर्ण देखिएकाले केही सावधान रहनु होला । केही सेवामा काम गर्ने व्यक्ति हरुले केही सावधनी राख्नु होला अन्यथा केही कनुनी कुरा झमेलाका साथै कार्यस्थलमा केही अपजस रहनेछ र केही दीर्घकालिन समस्या आउन सक्ने देखिन्छ । र कार्यस्थलमा चोटपटकको पनि सम्भावना देखिन्छ होसियार रहनु होला । १६ तारिक पछि जब सूर्य ग्रह अष्टम अनि धन स्थानबाट शनिग्रहको सप्तम दृष्टि अती मारको स्थितिमा रहन्छ केही सरकारी सेवामा काम गर्ने व्यक्तिहरु लाई अभियोग लागि जेल जीवन र कानुनी प्रकृयाबाट गुज्रिनु पर्ने देखिन्छ । आकस्मिक धनलाभ रहेपनी खर्च र ऋणले गर्दा दीर्घकालिन रहदैन । यो महिना सपाटी जस्ता कार्य नगरदा सम्बन्ध आज मजबुत रहनेछ । प्रेम सम्बन्ध तथा वैवाहिक सम्बन्धका लागि यो महिना केही सम्यम्ता अप्नाउनु होला अन्यथा ठूलो दूर्घटनाको सम्भवनालाई पनि केही ग्रह्गोचरले अंकलन गरेको देखिन्छ । विद्याका लागि र विद्यार्थीका लागि यो महिना सफलहुने समय रहेको छ । स्वस्थ्यको हकमा केही अप्रेसनको योग परेपनी सफल रहनेछ । हावापानी आगोबाट आफ्ना वालवालिका लाई टाढा राख्नुहोला । ९ र १२ अंक पहेलो रङ उतर पुर्व दिशा र श्री विष्णु नारायण आराधाना गर्दा शुभफल प्राप्त हुनेछ ।

मकर
अतितमा गरेको आफ्नो गल्तीमात्र आफूले सुधार गरियो भने पनि जीवन सुन्दर रहनेछ । प्रथम भावमा महत्वपूर्ण शशयोग निर्माण र सुख भावमा मंगल रुचक राजयोगले यो महिना जीवनमा धेरै व्यक्तिहरु जोडिन आउनेछन जस्ले तपाईंको जीवन पूर्णता पाउने छ । माया प्रेम सम्बन्धमा खुसीयाली र सद्भव प्राप्त हुनेदेखिन्छ । मातापिता र दाजुभाइको सहयोग प्राप्त हुनेछ । परिवारको भन्दा साथीभाइहरु को सहयोग खोज्दा धोखा मिल्नेछ बिचार गर्नुहोला । दिदीवहिनी सँग केही समय सम्यमित रहनुहोला । वहिनीलाई माया दिदीलाई आदर गर्नुहोला । यो महिना रिसका कारणले धेरै महत्वपूर्ण अवसर गुमाउनु पर्ने देखिन्छ शनिको केही योग निर्माण गरे पनि मेहेनत नगरनु र आलस्यता गर्दा वनेका कामहरु आफ्नै कारणले आफ्नो हातबाट गुम्नेदेखिन्छ । २३ तारिकपछि आफ्नो कार्य स्थलमा नयाँ कामदार को प्रबेशले काम गर्ने बातावरण रहनेछ र सहयोग पनि प्राप्त हुने देखिन्छ । गुरु ग्रह परिवर्तित योगका कारण ले २ देखि २१ तारिकमा कुनै पनि सरसापट फाईदा हुनेदेखिदैन । आर्थिक करोवार शून्य रहने देखिन्छ । तर चतुरस्थानको रुचक योग मार्फत रेयल स्टेट क्षेत्रमा काम गर्ने व्यक्तिहरुको लागि महिनाभरी नै उत्तम देखिन्छ नयाँ प्रकारका व्यक्तिहरु सँग जोडीनाले दीर्घकालिन फाईदा रहने छ । गोसरी स्टोर र कृषि व्यवसाय गर्ने केही राम्रो रहने छ भने मस्य र मासु व्यवसाय मन्दी देखिने छ । कानुनी कुरामा तपाईंको जीत हुने देखिन्छ । यो महिना केही पारिवारिक सम्पत्तिको भागबन्डा तथा आर्जन गर्ने समय रहेको छ । ससुराली र माइतीको हकमा केही दुःखद खवरले मन दुःखी बनाउने छ । चन्द्रमा सूर्यको ग्रहण दोश केही आफ्नो र पारिवारिक सदस्यले साथै आफ्नो जीवनसाथीको स्वस्थ्यमा बिशेष सवधनी राख्नु होला । वुध ग्रह भाग्य भावमा रहनाले विद्वान गुरुहरु को लागि समय राम्रो रहेको छ । धेरै ठूलो उपाधीका लागि आफुलाई प्राप्त हुँदा मन खुसीहुनेछ । घर गाडी प्राप्ती यो महिना पनि यथावत रहने छ । अष्टम सूर्य चन्दमाको युतीले टाइफाईड मलेरिया र सरुवा रोगको शिकार रहने सम्भावना देखिन्छ प्रयास गर्नुहोला भिडभाडमा नजानु र मास्कको उचित प्रयोग गर्नु होला ।

कुम्भ
जव योग हुँदैन जिन्दगीमा प्रयोग भन्ने शब्द पनि छ भनेर प्रयास जसले गर्छ त्यो व्यक्ति सफल हुनेछ । २ देखि २१ तारिकसम्म वुध ग्रह आयु भावमा रहनु राहु सन्तान र शिक्षा भावमा । गुरु केतु चन्णल दोष २३ तारिकसम्म र १ देखि २७ सम्म शुक्रग्रहको सम्बन्ध चन्द्रमासँग युती वनाइ रोग शत्रु भावमा रहनेछ । १६ तारिकसम्म सूर्य ग्रह पतिपत्नी र ब्यापार भावमा रहनेछ । केही समयको लागि आकस्मिक धान लाभ भए भने दीर्घकालिन रहन मुस्किल रहनेछ । केही चिसो सम्बन्धी समस्याले सताउने छ । घाटीको दुःखइ र टाइफाईड जस्ता समस्याले सताउने भयकाले केही सवधानी रहनु होला । स्वग्रही वुधग्रह रहेपनि विदेश यात्रामा रोकाबाट र लामो यात्राको लागि केही सवधानी रहनुहोला । यो महिना केही वैवाहिक जीवनका लागि केही राम्रो प्रयास रहने देखिन्छ । शत्रुहरु सल्बलाउने छन तर जीत तपाईंकै हुनेछ । केही दैनिकी खुद्रा ब्यापार गर्नेहरुको लागि समय राम्रो देखिन्छ तर ठूलो साझेदारीको ब्यापारमा केही असहज धोका रहने समय छ । प्रेम जीवन र भविष्यप्रती केही चिन्ता थपिने छ । माताको स्वस्थ्यमा बिशेष ध्यान दिनुहोला । परिवारमा केही अप्रिय समाचारले मन दुःखी रहनेछ । शनिग्रहको सप्तम दृष्टि चन्द्रमा कमजोर रहने छ र मनमा धेरै कुरा खेल्नेका साथै सम्बन्धमा शंका गर्ने वानीले गर्दा केही तनाव थपिने छ । टेक्निकल,नुर्सिङ र मेडिसिनका विद्यार्थीले केही अवसर प्राप्तगर्ने छन र अध्ययनमा पनि सफलता देखिन्छ । सन्तानको सवालमा यो महिना केही हतार नगरनु होला र आफ्नो जेठो सन्तानले केही दुःख दिने समय रहेकोले होसियार रहनुहोला । दाजुभाइ दिदीवहिनी सँगको सम्बन्ध राम्रो रहनेछ एकअर्कामा सहयोग प्राप्त हुनेछ । बिशेषगरी आफ्नो कुरा गोप्य नै राख्नु होला गुप्त शत्रु सल्बलाउने र समस्या पार्न हात धोएर पछि लाग्नेछन् । २३ तारिक अगाडि आर्थिक पाटोमा केही कसरत गर्नुपर्ने देखिन्छ । केही नोकशान घाटा र अनावश्यक कुरामा खर्च र ऋण बड्ने छ । १० र ११ अंक कालो रङ पश्चिम दिशा र शिव जी (रूद्र स्वरूप) को आराधाना गर्नु उत्तम मानिन्छ ।

मीन
आफ्नो आशा र लक्ष्य संधै शिरोपर गर्नुहोस् जीवनमा कहिले निराशापन हुँदैन । २ देखि २१ तारिक सम्म वुधग्रह सप्तम स्थानमा वनाउने छ भद्र योग शनि रहने छ आय भावमा । शुक्र र मंगल सँग रहनेछ दृष्टि । १६ तारिकसम्म स्वग्रही सूर्यले देखाउने छ वद्लाव । राहु सुख भावमा रहनेछ भने २३ तारिकपछि गजकेशरी योग रहनेछ । केतुको भाग्य स्थानमा परिवर्तन हुनेछ । सुरुवातमा नै ठूलो सफलता मिल्ने देखिन्छ आफूले रोजेको काम प्राप्त हुनेछ । आइटी र ई कर्मशमा लगानी गर्नेहरु ले सफलता प्राप्त गर्ने देखिन्छ । मनमा खुसी प्राप्त हुनेछ । वोल्ने कलाले गर्दा सवैको मन जित्न सकिनेछ । रेडियोकर्मी र फ्लिमकर्मी सवैले सकेको प्रयास गर्नुहोला खेर जाँदैन । बिदेशमा गरिने कुनै पनि सेटल्मेन्टका प्रयासहरु २३ तारिक अगाडि गर्दा केही सफलता मिल्नेछ । आफ्नो घर स्थानबाट टाढाको र विदेशको यात्रामा सफलता मिल्ने देखिन्छ । प्रेम सम्बन्धमा राम्रो बातावरण रहने छ । रमाइलो यात्राको लागि प्रस्ताव आउनेछन । घरमा पुत्रीलाभले मनमा खुसी परिवारमा खुसी रहनेछ । फेशन र हियर डेसरको अध्ययनमा सफलता मिल्नेछ । सूर्यको परिवर्तित योगले आफ्नो विचारमा ठूलो वदलाव आउने छ । धुम्रपान र मध्यपानले भने केही असर भने पक्कै देखिन्छ । आफ्ना सबै विरोधीहरु किनारा लाग्नेछन् । कानुनी कुरामा सफलता मिल्ने छ । नयाँ घर तथा नयाँ गाडी किन्ने अवसर प्राप्त हुनेछ प्रयास गर्नुहोला । २३ तारिक केतु वक्रगत रुपमा भाग्य स्थानमा परिवर्तन हुनेछ र भन्नेछ गजकेशरी राजयोग र सम्पूर्ण रुपमा विरोजगारीको समस्याबाट केही हदसम्म समय साथ दिनेछ । नयाँ जागिर प्राप्त हुनेछ । व्यापारमा अन्तिम हप्ता फाईदा रहनेछ । स्वस्थ्य भने यो महिना राम्रो रहनेछ तर पानी केही मात्रा पिउने कोसिश गर्नुहोला । भाग्यले साथ दिनेछ । ९ र १२ अंक पहेलो रङ उत्तर दिशा र श्री विष्णु नारायणको आराधाना गर्नुहोला ।