निषेधाज्ञाबीच काठमाडौँ उपत्यकामा सफाइ अभियान

काठमाडौँ – काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाबीच वाग्मती सफाइ महाअभियानलाई भने निरन्तरता दिइएको छ ।
सफाइ महाअभियानको ३८२औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ ।
पशुपति क्षेत्रमा अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा सफाइ भएको हो ।
पशुपति क्षेत्रको विद्युतीय शवदाह गृह परिसरमा सफाइ गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस क्षेत्रमा बढी फोहर भेटिएकाले सफाइ गरिएको हो । शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलेको नेतृत्वमा सफाइ भयो ।
त्यस क्षेत्रको नदी किनार र टोलमा सफाइ गरी कुहिने एवं नकुहिने फोहरमा वर्गीकरण गरी व्यवस्थापन गरिएको अभियानकर्मी पौडेलले बताउनुभयो ।
सफाइमा हनुमान मार्ग टोल विकास समितिका पदाधिकारी एवं सदस्यको सहभागिता रहेको थियो । कोरोनाबाट बच्न भौतिक दूरी कायम गरी सफाइ अभियानलाई निरन्तरता दिइएको थियो ।
विष्णुमती सफाइ अभियानको ३१०औँ हप्तामा संयोजक शोभाकान्त पाण्डेलगायत अभियाकर्मीले सफाइ गर्नुभएको छ ।
विष्णुमतीको घर, टोल क्षेत्रमै सफाइ गरिएको उहाँले बताउनुभयो । यसैगरी मनोहरा सरसफाइ अभियान १८१औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित बालकुमारी पुलमा वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, संयोजक चन्द्र दङगाललगायत अभियानकर्मीले सफाइ गर्नुभएको छ ।
त्यस्तै काठमाडौँ उपत्यकाका आलोकनगर, चक्रपथ सफाइ अभियान उत्तरी खण्ड, चक्रपथ सरसफाइ अभियान पश्चिम खण्डले पनि घर, टोल सफाइका साथै राहत वितरण, रक्तदान गरी मनाएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो । ललितपुरको गोदावरी खोला सफाइ अभियानको ७९औँ हप्तामा अभियानकर्मीले घर, टोल सफाइ गरेको अभियानकर्मी बेबी राजभण्डारीले जानकारी दिनुभयो । कोरोनाबाट बच्न भौतिक दूरी कायम गरी सफाइ गरिएको उहाँले सुनाउनुभयो ।
विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी हुँदै देशभर यो अभियान फैलिएको छ । कोरोनाको जोखिम हुनुअघिसम्म देशका १०६ स्थानमा सफाइ अभियान शुरु भएको थियो । हाल कोरोनाका कारण धेरै स्थानको सफाइ अभियान घर, टोल सफाइ अभियान शुरु भएको छ ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...



