नेपालमा थपिए १ हजार ४१ संक्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४१ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिङ कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दिनु भएको जानकारी अनुसार यो अवधिमा ३ सय ४९ महिला तथा ६ सय ९२ जना पुरुषहरु संक्रमित भएका हुन् ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ४४ हजार २ सय ७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ७ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा काठमाडौंमा ३ सय २६, भक्तपुरमा ४५ तथा ललितपुरमा ३६ जना संक्रमित थपिएका हुन् ।