नेपालमा थपिए ९ सय ८० संक्रमित

काठमाडौ- नेपालमा कोभिड–१९ का ९८० सङ्क्रमित थपिएका छन् ।
थपिएका सङ्क्रमितमध्ये २९० महिला र ६९० जना पुरुष छन् ।
पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
हाल १७ हजार २७ जनामा कोभिड–१९ का सङ्क्रमण सक्रिय रहेको छ ।
पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४६ हजार २५७ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा १० हजार २८२ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ ।
संस्थागत आइसाेलेसनमा नाैहजार २०१ र हाेम आइसाेलेसनमा सातहजार ८२६ रहेका छन् ।
पछिल्लो चौबीस घण्टामा एकहजार ८१४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
सङ्क्रमित कोभिड–१९ बाट मुक्त भएसँगै निको हुन दर ६३ प्रतिशत पुगेको छ । हालसम्म २८ हजार ९४१ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केका छन् ।
क्वारेन्टिनमा चारहजार सातसय तीनजना सङ्क्रमित रहेका छन् ।
पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा कोभिड–१९ का ३ सय ५४ जना संक्रमित थपिएका छन् ।
उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ३५४ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले जनाएको छ ।
मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा काठमाडौँमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ गरी कुल ३५४ जना सङ्क्रमित थपिएको जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा दश हजार ३८२ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी एक हजार ८१४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
योसँगै हालसम्म २८ हजार ९४१ जना कोरोनामुक्त भई घर फर्केका छन् ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...