आउन थाल्यो श्रम गन्तब्यबाट नेपाली कामदारको माग

काठमाडौं– कोरोना भाइरसको संक्रमणसंगै लागू भएको लकडाउनका कारण बन्द भएका विभिन्न मुलुकका उद्योग, व्यवसाय सुचारु भएसँगै नेपाली कामदारको माग आउन थालेको व्यवसायीहरूले बताउन थालेका छन् ।
रोजगारीको गन्तव्य मलेसियालगायत खाडीका मुलुकबाट नेपाली कामदारको माग आउन थालेको वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष विष्णुप्रसाद गैरे बताएका छन् ।
मापदण्ड बनाएर कामदार रोजगारीका लागि विदेश पठाउने वातावरण सरकारले बनाउन जरुरी रहेको अध्यक्ष गैरेको भनाइ छ ।
लकडाउनभन्दा पहिला भिसा लागेर रोजगारीमा जान रोकिएका कामदारको सङ्ख्या एक लाखभन्दा बढी रहेको छ ।
यसै गरी एक लाख २८ हजारको हाराहारीमा पूर्वश्रमस्वीकृति ल्याइएको सङ्ख्या छ ।
सरकारले मापदण्ड बनाएर वैदेशिक रोजगारीमा कामदार पढाउन श्रम मन्त्रालय लगायत सरोकारवाला निकायसँग छलफल गरिरहेको बताइन्छ ।
सरकारले केही दिनअघि मात्रै वैदेशिक रोजगारीमा जाने कामदारका लागि श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिसकेको छ ।
सरकारले हिजोको जस्तै गरेर आजको अवस्थामा जस्तो पायो त्यस्तो मुलुकमा कामदार पठाउन व्यवसायीलाई दिन नहुने वैदेशिक रोजगारका जानकारको भनाइ छ ।
श्रम मन्त्रालयले एउटा मापदण्ड बनाएर कामदार पठाउने वातारण बनाउन सके देश र कामदारको लागि फाइदा हुने वैदेशिक रोजगार विज्ञ मधुविलास पण्डित बताउनुहुन्छ ।
गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० मध्यपूर्वका उप–संयोजक राजेन्द्र अर्याल खाडीमा अर्थतन्त्र धराशायी भएको अवस्था रहेको बताउनुहुन्छ । कम्पनीको अवस्थाको अध्ययन नगरी कामदार पठाउन हतार गर्नु दुर्घटना निमत्याउनु भएको उप–संयोजक अर्याल बताउनुहुन्छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाल नीतिगत रुपमा श्रम स्वीकृति दिने एउटा कुरा भए पनि सम्बधित मुलुकको रोजगारदाताले कामदार लैजान्छन् वा लैजानन् उनीहरूको निर्भरताको कुरा भएको बताउनुहुन्छ ।
श्रम स्वीकृति खुले पनि पहिलाको जस्तो धेरै कामदार जाने स्थिति तत्काल नरहेको महानिर्देशक दाहाल बताउनु हुन्छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...