आज थपिए ९ सय ७९ जनामा संक्रमण पुष्टि

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपालमा कोभिड–१९ का ९ सय ७९ सङ्क्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४७ हजार २३६ पुगेको हो ।

प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार निको हुन दर ६५ प्रतिशत पुगेको र हालसम्म ३० हजार ६७७ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केका छन् ।

पछिल्लो चौबीस घण्टामा एकहजार ७३६ जना निको भएका छन् ।

आइसोलेसनमा १६ हजार २५९ रहेका छन् ।

क्वारेन्टिनमा चारहजार ७३९ जना सङ्क्रमित रहेका छन् ।

पछिल्लो चौबीस घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा तीनसय जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ सय २६ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार काठमाडौंमा २ सय ९३, ललितपुरमा २० तथा भक्तपुरमा १३ जना संक्रमित थपिएका हुन् ।