पछिल्लो २४ घण्टामा थपिए एक हजार ८१ संक्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८१ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उक्त कुराको जानकारी दिनु भएको हो ।

यो अवधिमा नेपालमा ९ सय १८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४९ हजार २१९ पुगेकाे हाे ।

सकृय सङ्क्रमित १५ हजार २५ रहेका छन् ।

आइसाेलेसनमा १५ हजार २५ रहेका छन् । क्वारेन्टिनमा पाँचहजार ४८० जना सङ्क्रमित रहेका छन् ।

पछिल्लो चौबीस घण्टामा छ जनाकाे मृत्यु भएकाे छ ।

याेसँगै नेपालमा तीनसय १२ जनाकाे काेराेना भाइरसका कारण मृत्यु भएकाे छ ।