प्रा.डा. काफ्ले कार्यकारी निर्देशकमा नियुक्त

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

त्रिविको कार्यकारी परिषदले प्रा.डा. दिनेश काफ्लेलाई  त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा  नियुक्त गरेकाे छ । उहाँलाइ बुधबार चार बर्षे कार्यकालका लागि निर्देशकमा नियुक्त  गरिएकाे हो । बुधबारै उहाँले कार्यभार समाल्नु भएकाे छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डीन प्रा.डा.दिव्या सिंहको सिफारिसमा त्रिवि उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले निर्देशकमा नियुक्त गर्नुभएको हो । निर्देशक नियुक्तीको लागि डीन सिंहको संयोजकत्वमा प्रा.डा.धनश्याम गुरुङ र प्रा.डा रामचन्द्र अधिकारी सदस्य रहेको समिति गठन गरिएको थियो ।

प्रा.डा.काफ्ले अर्थोपेडिक सर्जन हुनुहुन्छ । यसअघिका निर्देशक प्रा.डा. प्रेम खड्गाले अनिवार्य अवकाश पाएपछि त्रिविले प्रा.डा. रोहितकुमार पोखरेललाई तीन महिनाका लागि निमित्त निर्देशक बनाएको थियो ।