नेपालमा कुल सङ्क्रमित ५१ हजार ९१९ पुगे

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौँ -नेपालमा कोभिड–१९ का एक हजार ४५४ सङ्क्रमितको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित ५१ हजार ९१९ पुगेको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ९७२ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।

उक्त संख्यासँगै सङ्क्रमणमुक्त हुने ३६ हजार ६७२ पुगेको छ ।

सङ्क्रमित निको हुने दर ७१ प्रतिशत पुगेको छ ।

मन्त्रालयले प्रेस ब्रिफिङमा हाल १४ हजार ९२५ जनामा सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।