कर्तब्य र वेदनाको दोसाँधमा जीन्दगी

यतिबेला म कोराना पिडीत विरामीहरू उपचार गर्ने मेलबर्न स्थित एक सरकारी अस्पतालको कोभिड वार्डमा कार्यरत छु । महामारी फैलिदै जाँदा सरकारबाट अत्यावश्यक सर्जरी मात्रै गर्ने घोषणा गरेसंगै मेरो कार्यस्थललाई कोभिड—१९ को उपचार गर्ने वार्डको रूपमा रूपान्तरण गरियो । जुन एक हिसाबले कोरोना कम्प आएको महसुस भएको छ भने पेशागत रूपमा पच्चिसौं वर्षमा देखेका र भोगेका भन्दा विल्कुलै फरक परिस्थितिको अनुभव भैरहेको छ ।
पेशागत दैनिकीमा उथलपुथल नै आएको छ । अस्पतालको परिसरमा तापक्रम जाँच गरेर तापक्रम सामान्य रहेमा हामी आपूm त्यस दिनका लागि विरामीको सेवामा संलग्न हुन उपयुक्त छौं भनेर प्रमाणित गरे लगत्तै विश्व स्वास्थ्य संगठनको गाइडलाइन अनुसार पिपीई, एन—९५ मास्क अथवा सर्जिकल मास्क, अनुहार ढाक्ने सिल्ड (Face shield), गाउन, ग्लोब त अनिवार्य रूपमा पेशागत पहिरन बनिसकेका छन् । एन—९५ भित्रको सुख्खा नाक, मुख र गन्ध आएको आफ्नै श्वासलाई भित्र दवाएर आफ्नो छटपटिएको अनुहार र भोको पेटलाई पिपीई भित्रै लुकाएर विरामीको अगाडि हँसिला र चम्किला आँखाहरूले कुरा गर्नु र उनीहरूको मनोवल बढाइ उनीहरूले आफूमाथि विश्वास दिनसक्ने खेल दोहोरीने क्रम जारी नै छन् । सो अनुसार गरी विरामी निको भएर घर पठाउँदा विरामी र आफन्त भन्दा हामी स्वास्थ्यकर्मी बढी खुसी हुने, त्यसमा पनि आई.सी.यू. र भेण्टिलेटर नै प्रयोग गरेर बाँचेको विरामी घर पठाउन पाउँदा त हामीलाई तेस्रो विश्वयुद्ध नै जित्यौं कि भन्ने भान पनि हुन थालेको छ ।
घरमा आइसकेपछि पनि पेशागत पोशाक ग्यारेजमै खोल्ने, भूईं तलाकै बाथरूममा नुहाउने, परिवारसंग अंकमाल नगरेर १.५ मिटरको दूरी कायम गर्न, उनीहरूसंग टाढै रहेर उठवस, खानपिन, गर्ने, आफ्ना कपडा अरूसंग नमिसाई धुने जस्ता कुराहरू अनिवार्य दैनिकी नै बनि सकेका छन् ।
यो महामारी आजभन्दा करिब आठ महिना अघिदेखि नै चीनबाट शुरू भएकोले मेरो अनुभवमा अष्ट्रेलिया सरकार र सम्बन्धित निकायहरू अरू देशको तुलनामा भन्दा बढी नै सजग र व्यवस्थित भएकोले पहिलो चरणको संक्रमणलाई यसले प्रशंसनीय तरिकाले नै नियन्त्रणमा लिएको थियो तर कतिपय मानिसहरूले यसलाई बकवास भनेर पुरै वेवास्ता गर्दा, आफूलाई निडर र बहादुरी देखाउँदा, फेस मास्कसम्म पनि प्रयोग नगर्दा बरू संक्रमित भएर मर्न तयार छौं, मानव अधिकार र स्वतन्त्रताको हनन् भयो भन्दै सरकार विरूद्ध नारा, जुलुस गर्दा, दिन, हप्ता र महिना बित्तै जाँदा अरू राज्यहरूमा धेरै कम भए तापनि भिक्टोरीयामा भने दोस्रो चरणको संक्रमण बढ्न थाल्यो । जसको फलस्वरूप दिनहूँ यति सय संक्रमित, यति मरे र उती मरे भन्ने समाचार सुन्न बाध्य भएका छौं । अहिले यहाँका युवा पुस्ता धेरै नै संक्रमित भएका छन्, भने अस्पतालमा भर्ना हुने र मृतकको संख्या धेरै देखिनुमा बृद्धाश्रम (Aged Care Home) मा बसोवास गर्ने बृद्ध बद्धाहरू नै बढी भएको पाइएको छ ।
यस महामारीको चपेटामा अष्ट्रेलियामा रहेको नेपाली समुदायले पनि ठूलो योगदान गरिरहेको पाइन्छ । अस्पताल र नर्सिङ होमहरूमा म्यानेजरदेखि एजुकेटर त क्लिनिकल नर्स हुँदै व्यक्तिगत रूपमै बृद्धबृद्धाहरूको हेरचाह गर्ने र सरसफाइमा संलग्न हुँदै प्रत्यक्ष, अप्रत्यक्ष रूपमा सहयोग गर्दै आएका छौं तर हामीले ध्यान दिनुपर्ने कुरा के छ भने जती नै पिपीइको प्रयोग गरे तापनि यी विरामीको सेवामा संलग्न हुँदा हामी आफै पनि संक्रमित हुने र जानी नजानी आफ्नो ज्यानको हानी नोक्सानी पनि व्यहोर्नु पर्नेछ भन्ने कुराको तथ्य विभिन्न विकसित मुलुकमा पिपीइ लगाएर विरामी हेर्ने हज्जारौं स्वास्थ्यकर्मीको मृत्युले पनि प्रमाणित गरेको छ भने हामी मेलवर्नवासी साथीभाइहरूले पनि केही हदसम्म भोग्नु परेको कुरा त सामाजिक संजालका भित्ताहरूले बताइरहेकै छन् ।
“अनिकालमा बीउ जोगाउनु, महामारीमा जीउ जोगाउनु” भन्ने जस्तै सावधानी अपनाएर आफूलाई सुरक्षित राखेर काम गर्नु नै अहिलेको मूल मन्त्र रहेको छ । त्यसैले आफूलाई निराशाले गाँज्नु भन्दा स्थिर राख्दै यो कठीन समय छिट्टै समाप्त भएर जाओस्, नयाँ आशाका किरणले छाओस्, आशाका टुसा पलाओस् भन्ने प्रतिक्षाका साथ सबैलाई सुरक्षित र धैर्य रहन आग्रह गर्दछु ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...



