१२०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १० हजार ३३३ नमुना परीक्षण गर्दा ४०८ महिला र ७९६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।
उनीहरुमध्ये ४०१ जनाको मृत्यु भएको छ ।
४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र १४४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ७११ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५७० जना, भक्तपुरका ८३ र ललितपुरका ५८ जना छन् ।
यस्तै बाराका १११ जना, नवलपुरका ४५, मोरङका ३३, दाङका २८, सुनसरीका २३, दार्चुलाका २१, बाँकेका २०, सप्तरीका १९, मकवानपुरका १८, सर्लाहीका १५, काभ्रेका १४ तथा धादिङ र कास्कीका १३/१३ जनामा संक्रमण पुष्टि भएको छ ।
रामेछापका ९ जना, सिराहा र कैलालीका ८/८ जना, चितवन र सिन्धुपाल्चोकका ७/७ जना, झापा र पर्साका ६/६ जना, दोलखा, तनहुँ र लमजुङका ५/५ जना, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा र बर्दियाका ४/४ जना, ओखलढुंगा, स्याङ्जा, अर्घाखाँची, कपिलवस्तु, सुर्खेत, डडेलधुरा र बैतडीका ३/३ जना, धनुषा, रौतहट, पर्वत, पाल्पा, दैलेख र कञ्चनपुरका २/२ जना तथा खोटाङ, महोत्तरी, नवलपरासी, प्युठान र रुपन्देहीका १/१ जनामा संक्रमण देखिएको छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...