अमेरिकी राष्ट्रपति चुनावमा एक लाख नेपाली भाषी मतदाता
अमेरिका, अमेरिकी राष्ट्रपति निर्वाचनमा एक लाखभन्दा बढी नेपाली भाषी मतदाता निर्वाचनमा सहभागी हुनेछन् । पछिल्लो मतदाता नामावली सार्वजनिक हुँदा डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्यरिटीले दिएको जानकारी अनुसार नेपाली मतदाता ५० हजार भन्दा बढी र नेपाली भाषी भुटानी ५० हजारको हाराहारीमा रहेको उल्लेख छ । अमेरिकामा राष्ट्रपति निर्वाचन नजिकिदै गर्दा अमेरिकामा रहेका नेपाली र नेपाली भाषी अमेरिकनहरुमा चुनावप्रति चासो र सक्रियता बढ्न थालेको हो ।
अमेरिकी समय अनुसार आज आईतबार नेप्लिज् अमेरिकन फर विडेन नामक समुह र बेब साईड सार्वजनिक गरिएको छ । राष्ट्रपतिय निर्वाचनमा राष्ट्रपति उम्मेदवार जोय वाईडेनलाई जिताउन स्थापित समुहको आज भएको जुम बैठकमा मेरील्याण्ड राज्यका कंग्रेसम्यान ह्यारी भण्डारीको संयोजकत्वमा स्थापित समितिमा विभिन्न ३५ भन्दा बढी राज्यहरुबाट अमेरिकी राजनीतिमा सक्रिय नेपाली तथा नेपाली भाषी भुटानीहरु सक्रिय रहेका छन् ।
बैठकमा अमेरिकी डेमोक्रेटिक पार्टीका शक्तिशाली सिनेटर क्रिस भान होलेनले नेपाली अमेरिकनहरुलाई अमेरिकी राजनीतिमा सहभागी हुन आव्हान गर्दै टिपिएसको नविकरणका लागि आफुले अमेरिकी सिनेटमा लविड गर्ने प्रतिवद्धता प्रकट गरे । यस बैठकमा अमेरिकन राजनीतिज्ञ चर्चित सिनेटर क्रिस भ्यान होलेन, सांसद लिण्डा सेन्चेज, डेमोक्रेटिक नेशनल सदस्य बेल होङ र रोबी लिओनार्ड, मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीका साथै विभिन्न राज्यहरुबाट अमेरिकन राजनीतिमा सहभागी नेपालीको सक्रिय सहभागीता रहेको थियो ।
यस कार्यक्रमले अमेरिकी राजनीतिमा चासो राख्नेहरुका लागि अमेरिकी मुलधारको राजनीतिमा सहभागी हुन सहज हुने कंग्रेसम्यान ह्यारी भण्डारीले नागरिक न्यूजलाई बताए । यो शुरुवात हो र हामीले अमेरिकी राजनीतिमा आफ्नो प्रभाव र सहभागीता देखाएर मुलधारको राजनीतिमा प्रवेश गर्नेहरुका लागि आगामी दिन सजिलो हुने विश्वास छ । नेपाली भाषी भुटानीकोतर्फबाट ओहायो राज्यको रेनल्सवर्ग सीटी काउन्सिल म्यान रहेका भुवन प्याकुरेलले दिएको जानकारी अनुसार अमेरिका आएका ८८ हजार नेपाली भाषी भुटानीहरुमा ५० हजारभन्दा बढी अमेरिकी नागरिकता लिई सकेकोले छ । सन २००८ बाट ओरिकाक आउन शुरु गरेका नेपाली भाषी भुटानीहरु सन २०१७ सम्म ८८ हजार भन्दा बढी आएका हुन । अमेरिकाका रहेका नेपालीहरु एसियन मुलुलका अन्य समुदाय भन्दा अमेरिकी राजनीतिमा कम सहभागी रहेका छन । कारण भाषा र नेतृत्व लिनेहरुको अभाव जस्तो देखिन्छ । पहिलो पल्ट मेरिल्याण्डबाट ह्यारी भण्डारीले अमेरिकी राजनीतिको उपल्लोस्तरमा सहभागीता जनाएपछि नेपालीहरु अमेरिकी राजनीतिमा आउन जुर्मुराउन थालेका छन । भण्डारीको सहभागीतामा अमेरिकाको विभिन्न राज्यहमा विभिन्न समुहहरु निर्माण गरी अमेरिकन राजनीतीमा सहभागीताका लागि प्रयासहरु हुन थालेका छन ।
अमेरिकामा यसै हप्ता सविधान दिवस मनाउँदै गर्दा पछिल्ला बर्षहरुमा अमेरिकी नागरिकता दिने सख्यामा बढोत्तरी भएपछि केहि ठुला राज्यहरुमा नेपाली समुदायसंग अमेरिकन राजनीतिज्ञहरु हातेमालो गर्न थालेका छन । २३३ बर्ष पुरानो अमेरिकीे विश्वकै सबैभन्दा पूरानो लिखित संविधान हो । यसको ड्राफ्ट सन् १७८७ को मे २५ मा फिलाडेल्फिया सम्मेलनमा गरिएको थियो । अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयको तथ्यांक अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउने नेपालीहरुको संख्या जम्मा २६ सय मात्र रहेकोमा २०२० मा पुग्दा ५० हजार नाघेको हो । अमेरिकी तथ्यांक अनुसार अमेरिकामा पहिलो पल्ट सन १०४७ मा नेपालीहरु प्रवेश गरेका थिए ।
अमेरिकी राष्ट्रपति चुनाव आउन अब ४२ दिनमात्र बाँकी रहेको छ । तर चुनाव कस्ले जित्छ त्यो थाहा पाउन भने विगतका चुनावको तुलनामा लामो समय प्रतिक्षा गर्नुपर्ने छ । हुलाकमार्फत मतपत्र पठाएर मतदान शुरु भई सकेको छ । जम्मा ५ सय ३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
Where for the best single gays in your area Single homosexual men in...
exactly what are real adult hookup sites? Exactly what are the most useful...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
En promedio, basado en Internet personas que se citan gastan simplemente...