एकाले नेपाली बिधार्थीहरु लाई ४१ हजार डलरको सहयोग 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
अष्ट्रेलियामा अध्यानरत अन्तराष्ट्रिय बिधार्थीहरुलाई कलेज युनिभर्सिटी भर्ना, कोर्ष छनोट लगाएत बिबिधि कुरामा ब्यबसायिक रुपमा सहयोग गर्दै आइरहेका नेपाली मुलका एजुकेसन कन्सल्टेन्सीहरु को संस्था अष्ट्रेलियन एजुकेशन कन्सलटेन्ट अलाइन्स (एका)ले ५ कोभिड-१९ का कारण अप्ठ्यारोमा परेका डेढ सय नेपाली विद्यार्थीलाई बिभिन्न किसिमले  ४१ हजार दुइ सय पचास डलरको आर्थिक सहयोग पुराएको छ।
गत सेप्टेम्बर १५ का दिन एक पत्रकार भेटघाटको आयोजना गरि एकाले उक्त कुराको जानकारी गराएको छ। उक्त अवसरमा दिएको जानकारी अनुसार सहयोग अभियान अन्तर्गत उठेको ५७ हजार डलरबाट समस्यामा परेका नेपालीहरु लाई सहयोग गर्न अष्ट्रेलियामा गठन गरिएको राहत कोषमा एक्काले पनि सहयोग रकम दाखिला गरेको थियो। पत्रकार भेटघाटमा अथितिको रुपमा उपस्थित अष्ट्रेलियाका लागि नेपाली राजदुत महामहिम महेश राज दाहालले सम्बोधनको क्रममा  सहयोगको लागि निबेदन दिएका एक सय पचास जना विद्यार्थीलाई  उनीहरुको अवस्था मनन गरि एकाको तर्फबाट सहयोग गरिएको र अन्यको हकमा रहात कोषमा रकम जम्मा गर्ने अन्य संघ संस्थाको सहकार्यमा सहयोग रकम हस्तान्तरण गरिएको बताए। बक्तब्यको क्रममा राजदुत दाहालले यस क्रममा समुदाय प्रतिको आफ्नो जिम्मेवारी महसुस गर्दै सहयोग गर्ने सबैलाई धन्यबाद व्यक्त गरे। यस अप्ठ्यारो परिस्थितिमा निबेदन दिएका १८ सय बिधार्थीहरु मध्ये लगभग सबैलाई सानो ठुलो सहयोग पुराउन सकेकोमा राजदुत दाहालले प्रसन्नता व्यक्त गरे। यसै गरि कार्यक्रममा  एनएसडब्लुका महावाणिज्यदूत दीपक खड्काले यो विषम परिस्थितिमा यहाँका हामी नेपालीहरु को एकता सदभाव र सहयोगको भावाना उदाहरणीय रहेको बताए।  कार्यक्रममा एकाका अध्यक्ष परशुराम अधिकारीले आर्थिक सहयोगको पाटो बाहेक बिधार्थी र अभिभाबक बीच सधै नजिक रहेर काम गर्ने संस्था भएका कारण पनि एका सदैब बिधार्थीलाई पर्ने शारीरिक मानशिक र आर्थिक समस्यामा सहयोग गर्न, काउन्सिलिङ्ग गर्न सदैब लागिरहने बताए।
पत्रकर भेटघाट लगतै एकाका अध्यक्ष परशुराम अधिकारी र फन्ड डिस्ट्रिब्युसन कमिटिका संयोजक निरज श्रेष्ठले एक प्रेस बिज्ञप्ति जारि गरि फण्ड उठाउने क्रममा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै फण्ड अति आबश्यक पर्ने हरु समक्ष सहयोग पुराउन पनि सहयोग गर्ने सबैलाई धन्यबाद व्यक्त गरेका छन्। बक्तब्यका अनुसार उक्त सहयोग रकमबाट ३० हजार डलर १५० बिधार्थीहरु लाई, १० हजार डलर भिक्टोरियाको चौथो लक्डाउन संगै भिक्टोरियाका बिधार्थीहरुलाई २०० बक्स रहात सामाग्री वितरण र १२५० डलर नेपाल जानको लागि टिकटमा सहयोग गरिएको थियो।