एनसेलले बुझायो कर

काठमाडौं— निजी क्षेत्रीको मोबाइल फोन सेवाप्रदायक एनसेलले सरकारलाई अग्रिम कर कट्टी वापत ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ५ सय रुपैयाँ कर बुझाएको छ । करदाता कार्यालय ललितपुरका प्रमुख शोभाकान्त पौडेलका अनुसार एनसेलले अग्रिम कर कट्टी गरी उक्त रकम आइतबार बुझाएको हो । एनसेलले यो १५ प्रतिशत रकम रहेको दावी गर्दै बुझाएको पौडेलले बताएका छन् । बाँकी १० प्रतिशत विक्रेता टेलिया सोनेराबाट असुल गराउने तयारी भैरहेको बताइन्छ ।
स्वीडेनमा मुख्य कार्यालय रहेको कम्पनी टेलियासोनेराले एनसेलको स्वामित्व मलेशियाको कम्पनी एक्जिएटालाई बिक्री गरेबापतको कर तिर्नु पर्ने–नपर्ने विषयमा लामो विवाद थियो ।
टेलियासोनेरा तथा अर्को कम्पनी भाइजरसाग रहेको एनसेलको ८० प्रतिशत शेयर एक्जिएटाले १ अर्ब ३६ करोड ५१ लाख डलरमा खरिद गरेपछि त्यसबापतको पुाजिगत लाभ कर तिर्नुपर्ने कि नतिर्ने र तिर्नुपरे कसले तिर्ने भन्ने विषयमा विवाद थियो ।
अन्तत एनसेलले करमध्येको १५ प्रतिशत रकम बुझाउनुपर्ने अन्तिम दिन आइतबार रकम दाखिला गरेको हो । यो कर टेलियासोनेराले तिर्नु पर्ने भएपनि उसले कर तिर्न अस्वीकार गरेपछि एनसेल आफैंले कर तिरेको हो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...