एनसेलले बुझायो कर

-- ?>

Ncell

काठमाडौं— निजी क्षेत्रीको मोबाइल फोन सेवाप्रदायक एनसेलले सरकारलाई अग्रिम कर कट्टी वापत ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ५ सय रुपैयाँ कर बुझाएको छ । करदाता कार्यालय ललितपुरका प्रमुख शोभाकान्त पौडेलका अनुसार एनसेलले अग्रिम कर कट्टी गरी उक्त रकम आइतबार बुझाएको हो । एनसेलले यो १५ प्रतिशत रकम रहेको दावी गर्दै बुझाएको पौडेलले बताएका छन् । बाँकी १० प्रतिशत विक्रेता टेलिया सोनेराबाट असुल गराउने तयारी भैरहेको बताइन्छ ।
स्वीडेनमा मुख्य कार्यालय रहेको कम्पनी टेलियासोनेराले एनसेलको स्वामित्व मलेशियाको कम्पनी एक्जिएटालाई बिक्री गरेबापतको कर तिर्नु पर्ने–नपर्ने विषयमा लामो विवाद थियो ।
टेलियासोनेरा तथा अर्को कम्पनी भाइजरसाग रहेको एनसेलको ८० प्रतिशत शेयर एक्जिएटाले १ अर्ब ३६ करोड ५१ लाख डलरमा खरिद गरेपछि त्यसबापतको पुाजिगत लाभ कर तिर्नुपर्ने कि नतिर्ने र तिर्नुपरे कसले तिर्ने भन्ने विषयमा विवाद थियो ।
अन्तत एनसेलले करमध्येको १५ प्रतिशत रकम बुझाउनुपर्ने अन्तिम दिन आइतबार रकम दाखिला गरेको हो । यो कर टेलियासोनेराले तिर्नु पर्ने भएपनि उसले कर तिर्न अस्वीकार गरेपछि एनसेल आफैंले कर तिरेको हो ।