कोभिड-१९ पिडितहरु लाई खानाको लागि सहयोग गर्दै एनएडीएफ !

अष्ट्रेलियामा स्थापित नेपालीहरु को पुरानो सामुदायिक संस्था नेप्लिज अष्ट्रेलियन डेमोक्र्याटिक फोरम (एनएडीएफ) ले नेपालको विभिन्न ठाँउहरुमा कोरोना पिडितहरुलाई खानाको लागि सहयोग गर्ने भएको छ । मातृभूमिमा कोभिड-१९ संकट अनियन्त्रित र दिनानुदिन बढ्दै जाँदा थुप्रै नेपाली दाजुभाई दिदि-बहिनीहरु बेरोजगारी, भोक र रोगले पिडित भएको दुखद परिस्थितिमा प्रवासमा रहेर केहि सहयोग गर्ने उद्देश्यले एनएडीएफले हालै यो अभियान अगाडी बढाएको हो ।
हाम्रो कर्मभूमि अष्ट्रेलिया जस्तो लोक-कल्याणकारी राज्यमा हाम्रा सामान्य जीवनयापनका लागि चाहिने आधारभूत आवश्यकताहरुलाई सरकारले सुनिश्चित गरेकोछ । तर जन्भूमीमा देखिएको यो गरिबी र महामारीको पिडामा मल्हम लगाउन सरकारको पहुँच प्रभावकारी नहुँदा प्रवासमा बस्ने हामी सबै मर्माहत भएकाछौ, यस्तो परिस्थितिमा हामि त्यहाँ अग्रपंक्तिमा खटेर सहयोग गर्न सक्ने अवस्था त छैन नै तर हामीले आफ्नो सानो खर्च कटाएर सहयोग गर्दा पिडितलाई ठुलो राहत मिल्न सक्छ भन्ने सोचेर आवस्यक अर्थ संकलन अभियान अगाडी बढाएका छौ, एनएडीएफका अध्यक्ष सुरेन्द्र सापकोटाले द नेपाली टाईम्स अष्ट्रेलियालाई बताए ।
सुरुमा करिब ५ लाख नेपाली रुपिया बराबरको टार्गेट रहेको खाना खुवाउने कार्यक्रम दशैँ तिहारको बीच पारेर काठमाण्डौ लगाएत तराईका केहि समस्याग्रस्त ठाउँहरु मा गरिने जानकारी एनएडीएफले दिएको छ । राजधानीमा खाना खुवाउने कार्यक्रम क्याटरिङ मार्फत गराईने छ, भने तराईमा पिडित परिवारलाई सामुहिक रुपमा खाद्यान्न वितरण गर्ने सकिने बताइएको छ । यसरि फरक ढंगबाट सहयोग संचालन गर्दा काठमाडौँमा स्थापित क्याटरिङ ब्यबसायीहरुलाइ पनि केहि हदसम्म सहयोग पुग्ने र तराईमा गरिव परिवारले सामुहिक राहत प्राप्त गर्ने बिश्वास लिएको अध्यक्ष सापकोटाले बताए ।
यसैगरि काठमाडौँमा सहयोग अभियानको समन्वय यूवा सामाजिक अभियन्ता तथा नेबिसंघका पूर्व महामन्त्री सरोज थापाले गर्नेछन् भने तराई क्षेत्रको सहयोग अभियानमा बरिष्ट पत्रकार चन्द्र किशोर झाले समन्वय गर्नेछन् ।
आर्थिक सहयोग संकलन सामाजिक संजालमा ग्रुप निर्माण गरि सुरु गरिएको छ र यसको संयोजन एनएडीएफका उपाध्यक्ष हरिभक्त अधिकारीले गरेका छन् । यो परोपकारी अभियानमा सबै मनकारी समुदायका सदस्यहरुको ऐक्याबद्दता रहेकोले हामीले सुरुमा टार्गेट गरेको रकम संकलन गर्न खास समस्या नहोला तर संकलित रकम वास्तविक पिडितसम्म पुर्याउनका लागि हामी नेपालमा अग्रपंक्तिमा खटेर काम गर्ने साथिहरुलाई बिशेष होमवर्क गर्न अनुरोध गर्ने छौ, संयोजक हरिभक्त अधिकारीले द नेपाली टाईम्स अष्ट्रेलियालाई जानकारी दिए ।
सुरुको टार्गेट ५ लाख भए पनि रकम धेरै उठ्न गएमा सहयोगको दायरा बढाइने र सबै रकम कोभिड-१९ सहयातामा नै खर्च गरिने एनएडीएफका महासचिब भिष्म भण्डारीले आस्वस्त पारे । यो शताब्दी कै सबैभन्दा ठुलो मानवीय संकटको घडीमा जसले जहाँबाट हुन्छ, $१, $२ देखि जति सकिन्छ सहयोग गर्न एनएडीएफले अष्ट्रेलियावासी सबैलाई अनुरोध गरेको छ ।
सहयोगको लागि संस्थाको खाता नम्बर यसप्रकार छ :
Account name: NADF
BSB: 062 256
Account Number: 1022 3831
Reference: COVID [your name]
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



