स्वरसम्राट नारायण गोपालप्रति समर्पित कन्दरा ब्याण्डको ‘मलाई नसोध….’

धरान- लोक/पप तथा मेलोडियस गीतसंगीतको लागि ९० को दशकदेखि अझ पनि उत्तिकै लोकप्रिय पोखरेली ब्याण्ड कन्दरा अहिले पनि आफुलाई नयाँ-नयाँ गीत-संगीत पस्कनमा उत्तिक्कै सक्रिय छ ।
यहि क्रममा कन्दरा ब्यान्डले स्वरसम्राट नारायण गोपालप्रति समर्पित गर्दै उनको लोकप्रिय गीत ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ लाई आफ्नो स्वरमा पस्केको छ ।
कन्दरा ब्याण्डका गायक बिबेक श्रेष्ठ हाल अस्ट्रेलियामा रहेपनि उनि आफ्ना नेपालमा रहेका सहकर्मीहरुसंग उत्तिकै नजिक छन् र यहि नजिकपनलाई आफ्ना श्रोता-दर्शकमाझ आत्मियता बनाउन आफ्नो ब्याण्डसंग कुनै पनि स्टेज शो या गीत रेकर्ड कै बेला किन नेपाल आइहाल्छन् ।
केहि बर्षअघि मात्र उनले आफ्नो ब्याण्डसंग धरान, दमक, बुटवल, बिर्तामोड, पोखरा लगायतका विभिन्न शहरमा कार्यक्रम गर्न नेपाल आएका थिए भने अस्ट्रेलियामा नै आयोजना हुन लागेको कार्यक्रमका लागि आफ्नो ब्याण्डका सदस्यहरुलाई अस्ट्रेलिया लाँदैथिए तर सोही समयको कोरोनाको महामारीको कारणले उक्त कार्यक्रम नै हुन पाएन ।
अब भने पुन कन्दरा ब्याण्डलाई सक्रिय बनाउन आफ्ना ब्याण्ड सदस्यहरुसंग लागिपरेका छन् ब्यान्डका गायक बिबेक श्रेष्ठ ।
स्वरसम्राट नारायण गोपालको ३० औं पुण्य स्मृतिको अवसरमा स्वरसम्राट नारायण गोपालको शब्द /संगीत र हरिभक्त कटवालको रचना रहेको ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ लाई नेपालमा रहेका आफ्ना ब्याण्ड सदस्यहरु सुनिल थापा, अमित गुरुङ,अनिल गुरुङ, अशिम शेरचन, बुद्धराज बज्राचार्य र अविनाश गायकको साथ आफ्नो आफ्नो ठाउँमै रहेर भिडियो समेत निर्माण गरेका छन् ।
स्वर सम्राटको अजम्बरी गीतलाई गाउने प्रयास गरेको र यसलाई आफ्ना गीतहरु झैँ श्रोताहरुले मनपराईदिनुहुने आशा कन्दरा ब्यान्डका सम्पूर्ण सदस्यहरुले गरेका छन् ।
विश्वको जुनसुकै कुनामा रहेपनि नेपाली गीत- संगीतको लागि आफ्नो ब्याण्ड कन्दरामार्फत निरन्तर लागिरहने प्रण गरेका ब्याण्ड सदस्य तथा गायक बिबेक श्रेष्ठ कोरोना महामारीको अन्त्य संगै फेरि पनि नेपालका कुना – कन्दरामा आफ्ना मेलोडियस गीत – संगीत पस्किन आउने बताउँछन् ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...



