‘एका’ को अधिबेसन सम्पन्न
भुपाल सिटौलाको अध्यक्ष्यतामा नयाँ कार्यसमिति गठन

सिड्नी | अष्ट्रेलियामा रहेका शैक्षिक परामर्शदाताहरुको संस्था अष्ट्रेलियन एजुकेशन कन्सलटेन्ट एलाइन्स (एका) को अधिबेशन डिसेम्बर १० का दिन सिड्नीमा सम्पन्न भएको छ । सिड्नीका सहभागीहरु प्रत्यक्ष र अन्य स्टेट/शहरका सहभागीहरु जुम मार्फत सहभगी हुदै सम्पन्न अधिबेशनले बर्ष भरिका संस्थाका गतिबिधि, कोभिडका कारण परेको अप्ठ्यारोमा संस्थाले गरेका बिबिध परोपकारी कार्यहरु एबं सहभागिताहरु को बिषयमा छलफल र प्रतिबेदन पारित गर्दै आउने कार्यकालको लागि नयाँ कार्यसमितिको चयन गरेको छ ।
भुपाल सिटौलाको अध्यक्ष्यतामा सर्बसम्मत गठित कार्यसमितिका तिन उपाध्यक्षमा राम चन्द्र पौडेल, मोहन ढुंगाना, र आशिष भण्डारी, सचिबमा कोमल पाठक, सहसचिबमा दिनेश खनाल, पब्लिक रिलेसन अफिसर चुडामणि सिलवाल र कोषाध्यक्षमा योगेन्द्र पौडेल रहेका छन् । यसै गरि संस्थाको कार्यसमिति सदस्यहरुमा भुवनहरि पाण्डे, भुमि सुबेदी, सुर्य खनाल, सृष्टि शाह, र बिकाश भुजेल चुनिएका छन् ।
संस्थामा लामो समय सम्म बिबिध जिम्मेवारीमा रही सकेका भुपाल सिटौलालाई अबको संस्थाको नेतृत्व सुम्पदै गर्दा संस्थाले थप उचाइ चुम्ने आफु बिश्वस्त रहेको बताउदै नयाँ कार्यसमितिलाई निबर्तमान अध्यक्ष परशु राम अधिकारिले बधाई र कार्यसफलताको कामना गरेका छन् । यसै गरि नवनिर्बाचित अध्यक्ष भुपेन्द्र सिटौलाले अहिलेको अफ्ठ्यारो परिस्थिति बिच आफुले यो जिम्मेवारि सम्हाल्दै गर्दा सबै अग्रजहरु सल्लाह सुझाबको कदर गर्दै संस्थालाई यस संग आबद्द सबैको हितमा अगाडी बढाउने प्रतिबद्दता व्यक्त गरेका छन् । डिसेम्बर ११ को औपचारिक कार्यक्रम संगै नयाँ कार्यसमितिले औपचारिक जिम्मेवारी सम्हाल्ने पनि संस्थाले जनाएको छ ।

ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...