खोप लगाउन कोही नागरिक वञ्चित नहुने

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका सबै नागरिकले कोरोनाविरुद्धको खोप पाउने बताएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले कोरोनाविरुद्धको खोप ल्याउन सरकारले आवश्यक पहलहरू गरिरहेको बताए ।
उनले भने–‘सरकारले कोरोनाविरुद्धको खोप प्राप्त गर्ने तथा सबै नागरिकलाई लगाउने कामलाई योजनाबद्ध तरिकाले अगाडि बढाइरहेको छ ।’
नेपालमा ७२ प्रतिशत नागरिकलाई खोप लगाउने सरकारको योजना छ ।
विश्वमा १४ वर्षभन्दा मुनिका बालबालिका लागि कोरोना खोप नबनेकाले नेपालका बालबालिकाले खोप पाउने छैनन् ।
देशको जनसंख्यामध्ये २८ प्रतिशत बालबालिका रहेका छन् ।
नेपाललाई ‘कोभ्यास’मार्फत २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप उपलब्ध गराइनेछ ।
खोप विकास क्रममा रहेकामध्ये गुणस्तरयुक्त, लागत कम, पूर्वाधारमैत्री एवं विद्यमान कानुनअनुरूप उपलब्ध गराउन खोप सल्लाहकार समितिको परामर्शका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कामलाई अगाडि बढाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार खोप विज्ञ समित र आठ वटा प्राविधिक समितिले खोप व्यवस्थापन, खोप सञ्चालन एवं खोप सञ्चारसहितको आवश्यक कार्य अगाडि बढाइएको छ ।

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...