दोस्रो पुस्ताका कोहिनुरहरू

-- सुजित सिग्देल, आवरण जनवरी / फेब्रुअरी अंक २०२१, नेपाली टाईम्स अष्ट्रेलिया ?>

अध्ययन, रोजगार र सुखद भविष्य खोज्दै अहिले ग्लोबभरि छरिएका नेपालीहरू को इतिहास त्यति लामो छैन । किनकि सत्तरीको दशकसम्म पनि विदेश जाने भन्ने बित्तिकै कि सैन्य सेवाका लाहुरे कि सरकरी कोटामा अध्ययन वा भ्रमणमा निस्केका कर्मचारीहरू हुन्थे । २०४६ सालको परिवर्तन पछाडि सर्वसाधारण नेपालीको लागि पनि देश छोड्न सहज भयो । अध्ययन, रोजगारी र व्यापार प्रबर्दन गर्ने उद्देश्यले आहिले विश्वका धेरै देशमा नेपालीहरू पुगेका छन् । सार्क राष्ट्र बाहेकै ८१ देशमा त एनआरएनए कै शाखा विस्तार भएका छन् त्यस मानेमा आब नेपाली नपुगेको संसारको कुनै कुनो रहेन ।

प्रायः युवा वा बयस्क उमेर समूहकाहरू अध्ययन, रोजगारी वा उन्नत भविष्य खोज्दै विदेशको यात्रा तय गर्दै गर्दा मलिन आँखा लिएर तिनका माता पिता एयरपोर्टमा आइपुगेका तस्बिरहरू हामीले निक्कै देखेका थियौ । तर आहिले स्थिति फेरिएको अनुभब हुदैछ । अष्ट्रेलिया, अमेरिका, बेलायत युरोप र जापान लगायतका थुप्रै देशहरू अब त्यति टाढाको कुरो रहेन । अहिले त त्यहिँ जन्मेका वा सानैमा आएर यतै हुर्केका दोस्रो पुस्ताले नेपाल छोडेर सन्तानका लागि संघर्षरत आफ्ना माता–पितालाई तिनीहरू ले गर्ब गर्न मिल्ने गरि सुखानुभुति दिदै छन् । प्रबासी भूमिमा युवा अवस्थादेखि संघर्षरत त्यो परिश्रमी पुस्ताले आफ्ना संघर्षका दिनहरू सन्तानको अहिलेको तरक्कीले बिस्तारै बिर्सदै पनि छन् । त्यसैले त आफूहरू ले प्रबास बसाइमा धेरै कुरा गुमाए पनि सन्तानका अहिलेको प्रगतिले ठूलो राहत मिलेको र आफ्नो त्यति बेलाको निर्णय गलत नभएको महशुस भएको संघर्षरत पहिलो पुस्ताका जोडीहरू बताउँछन् ।

एकेडेमिक अथवा शैक्षिक प्रगति मात्रै पक्कै ठूलो कुरो होइन, त्यसो भन्दै गर्दा यो भोलि जुनसुकै क्षेत्रमा लाग्नका लागि एउटा राम्रो सुरुवातीको ढोका पक्कै हो । कोरना कहर कै बीच यतिबेला अष्ट्रेलियाको शैक्षिक क्षेत्र युनिभर्सीटिको लागि प्रवेशद्वार मानिने हाइयर स्कूल सर्टिफीकेट (एचएससी) १२ कक्षाको परिणामको चर्चाले तातेको छ । अझ सुखद खबर त त्यति बेला भयो जब परीक्षामा नेपाली मूलका बाबु नानीहरू ले निक्कै राम्रो परिणाम ल्याएका खबर एक पछि अर्को आए । यति नै संख्यामा नेपाली मूलका या नेपाली भाषी विद्यार्थीहरू एचएससी परीक्षामा सामेल भएको एकिन संख्या नभए पनि जानकारीमा आएका परिणामहरू हेर्दा हामी सबैले गर्व गर्नु पर्ने स्थिति बनेको छ । त्यसमाथि अनौपचारिक रुपमै भए पनि जानकारीमा आएका केहि बिद्यार्थीहरू को प्राप्त अंक ऐतिहासिक नै छ ।

अष्ट्रेलियन शैक्षिक प्रणाली
अष्ट्रेलियामा पाँच वर्ष पूरा गरेका बाबु नानीहरू शारीरिक या मानासिक रुपमा केहि जटिल समस्या नभए अनिवार्य रुपमा स्कूल जानु पर्ने हुन्छ । किन्डरगार्डेनबाट कक्षा ६ सम्मको पढाइ प्राइमेरी स्कूलमा हुन्छ भने कक्षा ७ देखि १२ सम्मको पढाइ हाइस्कूलमा । १२ कक्षाको अन्त्यमा हुने परीक्षालाई एचएससी परीक्षा भनिन्छ यस पछाडि विद्यार्थीहरू युनिभर्सिटी जाने, प्राबिधिक कलेज जाने वा अन्य शिपमूलक तालिम रोज्दै व्यवसाय या रोजगार रोज्ने भन्ने कुरामा आफ्नो इच्छा अनुसार अगाडि बढ्न सक्छन् । त्यो हिसाबले पनि हाइयर स्कूल सर्टिफिकेट (एचएससी) परीक्षा धेरै मानेमा बिशेष छ । यो बिशेष परीक्षाको लागि एक किसिमको तयारी कक्षा ३ बाट नै सुरु भएको देखिन्छ । कक्षा ३ पढ्दै गर्दा हुने अपर्चुनिटि क्लासको परीक्षामा सफलता पाउने सक्षम विद्यार्थीहरू लाई कक्षा ४ बाट कक्षा ७ सम्म यो बिशेष कक्षा (अपर्चुनिटि क्लास) पढ्ने अवसर पाउँछन् । यिनै विशिष्ट क्षमता भएका विद्यार्थीहरू बाट नै भोलि एचएससी परीक्षा हुँदै सफल शैक्षिक परिणाम ल्याउने मान्यता त छ नै त्यो बाहेक कक्षा ४ पछि पनि प्रगति गर्दै कक्षा ६ मा हुने सेलेक्टिभ स्कूलको परीक्षामा राम्रो परिणाम सहित हाइ परफरमेन्स भएका सेलेक्टिभ हाइस्कूलमा पढ्दै एचएससी परीक्षामा राम्रो नतिजा ल्याउनेहरू पनि धेरै छन् । यसरि नै आफू नजिकको पायक पर्ने प्राइमेरी स्कूल, हाइस्कूल हुँदै एचएससीमा राम्रो गर्ने बाबु–नानीहरू को संख्या पनि हाम्रो वरपर कमि छैन । यसको लागि पक्कै पनि विद्यार्थीको महेनत र निरन्तरता ठूलो कुरा रहन्छ र तिनलाई इन्करेज गर्दै घर र स्कूलसम्म सही वातावरण दिने सहि बिषय छनोट गर्न प्रेरित गर्ने उनीहरू को प्रगति हेर्दै गर्ने लगायत आभिभाबकहरू को भूमिका जति नै चर्चा गरे पनि कमि हुन्छ ।

एचएससी परीक्षाको सफलताले दिएको खुसी
यस आलेखमा हामीले गत महिना मात्रै नतिजा प्रकाशित एचएससी परीक्षामा उच्च अंक ल्याउन सफल तीन जना प्रतिनिधि पात्र हाम्रा दोश्रो पुस्ताका नानीहरू लाई समेट्न प्रयास गरेका छौं । यसो भन्दै गर्दा यस परीक्षामा वा गएका बर्षहरू मा र आउने सालको परीक्षाको तयारी गर्दै गरेका सबै सबै बाबु–नानीहरू हामी सबैका लागि उदाहरणीय पात्र हुन् । अथवा यहाँ उल्लेख गरिएका बाहेक वा हाम्रो नजर नपरेका या हामीले थाहा नपाएका अरु धेरै बाबु–नानीहरू का सफलताका कथाहरू हुन सक्छन् जुन हामीले हिजोका प्रकाशनहरू र अहिले जस्तै भविष्यमा पनि फेरि फेरि समेट्ने छौ ।


बिसिका घिमिरेको आहिलेको नतिजा उनी स्वयं उनको अभिभाबक मात्रै होइन नेपाली समुदायका सबैले गर्व गर्न मिल्ने छ । ९९.७५ एटायर सहित उत्कृष्ट नतिजा प्राप्त गरेकी बिसिका सीताराम घिमिरे र बिमला चुडालकी २ सन्तान मध्येकी पहिलो सन्तान हुन् । करिब सात वर्षकी हुदाँ बुबा आमसंग अष्ट्रेलिया आएकी बिसीकाले दुई कक्षासम्म नेपाल मै पढिन् र तीन कक्षादेखि वेस्टमिड पब्लिक स्कूल र त्यस पछि कक्षा सातबाट हालसम्म सेलेक्टिभ परीक्षाबाट छनोटमा परि गिराविन हाइस्कुलमा पढिन र सोहि स्कूलबाट एचएससी दिएर यो सफलतामा टेक्न सकिन । कोरना कहर बीचका अनलाइन क्लास, अनलाइन र फेस टु फेस टिउसन संगैको दैनिकी स्मरणगर्दै आफ्नो स्कूलिङ्गमा साथ सहयोग गर्ने आमाबुवा र सबै पारिबारिक मित्रहरू प्रति उनी कृतज्ञ छिन् । बिसीकाको अबको लक्ष्य डाक्टर बन्नु हो, डाक्टर बने संगै मानिसको जीवनमा सकरात्मक परिवर्तन ल्याउने र संसार हेर्ने रहर छ उनलाई । मुख्यतः उनलाई नेपालमा केहि समय बिताउन मन छ यो परिणाम संगै बिसिकाले अष्ट्रेलियामा विद्यार्थीका लागि निकै महत्वपूर्ण मानिने मिनिस्टर अवार्ड फर एक्सीलेन्स समेत प्राप्त गरेकी छन् । छोरीको यो सफलता संगै प्रसन्न बिसिका बुवाआमा छोरीको निरन्तर मिहेनतको प्रसंसा गर्छन् । बिसिका बुवा सिताराम घिमिरे अष्ट्रेलियन एजुकेसन सिस्टमलाई नजिकबाट जानेर आफ्ना बाबु नानीलाई सोहि अनुसार बताउने, सोहि अनुसार बिषय छनोट गर्न सहयोग गर्ने, सल्लाह र सुझाब मनन गर्दै स्कुलको पढाइ बाहेक पनि अतिरिक्त कक्षाहरू (ट्युसन) को लागि अबसर दिंदै जादाँ नेपाली समुदायका अबका बाबु नानीलाई पनि यस्तै परिणाम ल्याउन मद्दत हुने बताउँछन् ।


गिराविन हाइस्कुल मै अध्ययन गरेकी आर्य अधिकारीले पनि यस पटक को एचएससीमा ९९. ६५ एटाइरको उत्कृष्ट नतिजा ल्याउन सफल भइन् । नेपालको चितवनबाट २०१० मा बुवा कमल अधिकारी र आमा दिया अधिकारीको साथ ८ वर्षको उमेरमा अष्ट्रेलिया आएकी दियाले अष्ट्रेलियाको प्राथामिक तहको पढाई डेण्डेनोंग वेस्ट, अर्टामन र शेरवोड पब्लिक स्कूलबाट पूरा गरिन र हाइस्कूलका लागि हुने सेलेक्टिभ परीक्षाबाट गिराविन हाईस्कूल रोजिन र सोहि स्कूलबाट अहिलेको एचएससी परीक्षासम्मको अध्ययन पूरा गरि अब युनिभार्सिटिको लागि तयारीमा छिन् । आर्यले अब मकवारी युनिभर्सिटिबाट Bachelor of Actuarial studies हुँदै MBA  सम्मको अध्ययन पूरा गरि फाइनान्स क्षेत्रमा काम गर्ने लक्ष्य लिएकी छन् । आर्यले खुसीको यो क्षणमा नेपालदेखि अष्ट्रेलियासम्मका स्कूल आफूलाई स्कूलमा र टिउसनमा पढाउने शिक्षक शिक्षिका, संधै सपोर्ट गर्ने बुवाआमा परिवार हुँदै नेपालसम्म रहनु भएका हजुरबुवा हजुरआमा र परिवारजनलाई स्मरण गरिन । आर्यको अहिले सफलताको श्रेय उनलाई जाने बताउने उनका बुवाआमाले उनको लगनशिलता र नियमित मिहेनत नै सफलताको कडी रहेको बताए । बुवा कमल अधिकारिका अनुसार अभिभाबकको रुपमा उनलाई नियमित सपोर्ट गर्दै सोहि अनुरुप वातावरण बनाउन आफूहरू ले घरमा सहयोग गरेको बताउँछन् । आफ्नो इच्छा अनुसार उनीहरू लाई बिषय रोज्न र भविष्य उच्च शिक्षा लिन पनि खुल्ला छोडिदिनु पर्ने तर्क राख्दै अविभाबकको जिम्मा भनेको उनीहरू मा उत्साह थपिदिने र सहज वातावरण बनाइ दिनुपर्ने उनको भनाइ छ । भोलि कार्य क्षेत्रमा जाँदै गर्दा शैक्षिक योग्यताको अलवा उनीहरू को बानि व्यवहार, टिम वर्कदेखि समय ब्यबस्थापन नेतृत्व स्किल एबं कम्युनिकेसन स्किलको पनि ठूलो हात हुने बताउँदै शैक्षिक डिग्री संग संगै शारीरक मानसिक र ब्यबहारिक रुपमा उनीहरू सवल बने भने मात्र सफल जीवन जिउन सक्ने कुरालाई आफूले संधै सिकाउँदै आएको पनि आर्यका बुवाले बताए । त्यसैको अलवा नेपाली चालचलन, कल्चर भाषा र परम्परालाई उनीहरूले निरन्तरता दिन सके भन्ने अभिभाबकको रुपमा धेरै सन्तोष हुने उनले बताए ।


बुवा बालचन्द्र भट्टराई र आमा सिता सुबेदीका तीन सन्तान मध्ये जेठी छोरी शिला भट्टराई अष्ट्रेलिया मै जन्मेकी हुन्, बहुसाँस्कृतिक अष्ट्रेलियाको दोश्रो पुस्ताका बिम्ब प्रतिनिधित्व गर्ने शिला नेपाली भाषा र नेपालीपन संग उतिकै नजिक छन् । पढाइको अलवा उनी नृत्य गर्न पनि मन पराउँछिन् । पढाइको व्यस्तताले गर्दा हाललाई छुटे पनि उनी नेपाली समुदायका बिभिन्न नेपाली कार्यक्रममा सहभागी समेत बन्ने गर्थिन् । प्रथामिक शिक्षा ग्र्यान्भिल इष्ट पब्लिक स्कूलबाट पूरा गरेकी शिलाले हाइस्कुलका लागि सेलेक्टिभ परीक्षाबाट सेमीसेलेक्टिभ सेफ्टन हाइ स्कुल रोज्दै एचएससी सम्मको अध्ययन त्यहिबाट पूरा गरिन् । भर्खरै सम्पन्न एचएससी परीक्षामा ९६.७५ एटाइर ल्याएकी शिलाको अबको पढाइ युनिभर्सिटी अफ न्यु साउथ वेल्स  (UNSW) बाट Double Law/Commerce degree मा गर्ने सोच छ । कालान्तरमा वकिल बन्ने आफ्नो इच्छा रहेको बताउने शिला कानुन क्षेत्रमा दक्ष बन्ने संग समुदाय र देशको लागि आफ्नो तर्फबाट हुन सक्ने सहयोग गर्ने बताउँछिन् । इतिहास कै अफ्ठ्यारो बेलामा कक्षा १२ र एचएससीको परिणामले आफू खुसी नै रहेको र अझ महत्वपूर्ण कुरा त यो बीचमा आफूले धेरै व्यवहारिक ज्ञान सिकेको र सिकाइको यो निरन्तरतालाई कायम गर्ने पनि उनले बताइन् । एचएससीमा राम्रो नतिजा सहित छोरी अब उच्च शिक्षाको लागि युनिभर्सिटी जाँदैछिन जुन आफुहरू को लागि खुसीको क्षण भएको शिलाको बुवाआमाले बताए । आमा सीता सुबेदी छोरीको यो सफलताको श्रेय सबै भन्दा बढी उनीलाई नै जाने बताउँदै आभिबाकको हैसियतले उनको हामीले गर्न कुराको एउटा चरण पार भएकोमा ठूलो सन्तोष लागेको बताउँदै आफ्ना बाबु–नानीहरू लाई घरायसी वातावरण सहज बनाइदिने उनीहरू लाई एकै चोटी पढाइको प्रेसर दिने भन्दा बिस्तारै निरन्तर मिहनेत गर्ने बानी बसाल्न प्रेरित गर्न सहयोग गर्दा उनीहरू पनि बाबुआमा संग नजिक हुने र शैक्षिक एवं व्यवहारिक ज्ञानमा पनि अब्बल हुँदै जाने बताइन् । शैक्षिक क्षेत्रमा मात्र होइन सबै क्षेत्रमा सबैभन्दा ठूलो कुरा त सहि र गलत छुट्टाउने सक्ने बनाउन सकियो भने अरु कुरा उनीहरू आफै आत्मनिर्भर हुने पनि सीताले बताइन् ।

अन्त्यमा, अगाडि भने जस्तै नेपाल छोडेर आफू, आफ्नो परिवार र सन्तानको उन्नत भविष्य खातिर पहिलो पुस्ताका हामी सबैको कथा एकै एकै खालको हुन्छन् । संघर्षको कथाहरू अलिकति फेरिदै गर्दा र उमेर ढल्कदै गर्दा आफ्ना सन्तानमा आफ्नो भविष्य देख्छन् आमा बाबुले । त्यसैले पनि सन्तानको प्रगति र उन्नतिले बिगतका तीता मीठा घाउहरूमा मल्हम लाग्छ । पक्कै पनि सबै अभिभाबकहरू ले आफ्ना सन्तान अब्बल हुन् भन्ने चाहना राख्छन् । हामी जुन धरातलबाट आयौ हामी जुन सोचबाट हुर्कियौं हामीले हाम्रा सन्तान शैक्षिक रुपमा नै अब्बल भएको देख्न चाहन्छौ । तर बिभिन्न फ्याक्टरहरू एकेडेमिक नतिजा तलमाथि पर्न सक्छ फेरि पनि सफलता भनेको शैक्षिक नतिजाको पर्सेन्टेज मात्रै होइन त्यसमा पनि अहिलेको पुस्ता धेरै अगाडि छ उसले हर ठाउँमा अवसर नै अवसर देखेको हुन्छ । त्यसैले अब हामीले शिक्षाका साथै दोस्रो पुस्ताका बाबुनानीहरू लाई सहि संस्कार दिन सके, अप्ठ्यारा परिस्थितिलाई सहजताका साथ लिदै अगाडि बढ्न सिकाए त्यो उनीहरू को जीवनमा कर्मयोगी बन्ने ठूलो शिक्षा हुनेछ । यसरी नै २५ वर्ष वरपरको इतिहास भएको अष्ट्रेलियाको नेपाली बसाइमा हाम्रा दोश्रो पुस्ताका नानीहरू लाई कुनै न कुनै रुपमा नेपाल संग सामिप्यता गराउन सके उनीहरू को नेपालीपन रहिरहनेछन् । नत्र हामीले हाम्रा दोस्रो पुस्ताका कोहिनुरहरू भन्दै गर्दा स्वयं उनीहरू ले नै आफ्नो पहिचान बिर्सदै गए भने त्यसको अपजस हामी सबैले भोग्नु पर्नेछ ।